सर्वोच्च अदालतको फैसला पुनरावलोकन माग गर्दै नेकपा एमाले बुढानिलकण्ठले ज्ञापन पत्र बुझायो

सर्वोच्च अदालतको फैसला पुनरावलोकन माग गर्दै नेकपा एमाले बुढानिलकण्ठले ज्ञापन पत्र बुझायो

कपन अनलाइन

काठमाण्डौ ,असोज १।

नदि खोलानालाको किनाराबाट थप २०/२० मिटर छोड्नु भन्ने सर्वोच्च अदालतले गरेको फैसलालाई पुनरावलोकन गर्नुपर्ने माग गर्दे चौतर्फी दवाव  बढाउने क्रममा नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीले ज्ञापन पत्र बुझाएको छ।

आईतबार नेकपा (एमाले)  बूढानीलकण्ठ नगरपालिकाका १ देखि १३ वटै वडा पार्टी कमिटीले काठमाडौं उपत्यकामा रहेका नदि खोलानालाको किनाराबाट थप २०/२० मिटर छोड्नु भन्ने सर्वोच्च अदालतले गरेको फैसलालाई पुनरावलोकन गरि नागरिकको सम्पतिमाथिको मौलिक हकलाई सुनिश्चित गर्नकालागि जनस्तरबाट हस्ताक्षर संकलन गरेर नगर प्रमुख मिठाराम अधिकारीलाई बुझाएको हो।

बुढानीलकण्ठ नगरपालिकामा नगर प्रमुख, उपप्रमुख र प्रशासकीय प्रमुखलाई एकमुष्ट बुझाउने कार्यक्रममा बोल्दै  नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोलले सर्वोच्च अदालतले गरेको फैसलालाई पुनरावलोकन नगरे  जनताले ठुलो आन्दोलन गर्ने बताएका थिए।  नागरिकको घर ढाल्ने, उठिबास गर्ने कुरा अमानविय भएको भन्दै सरकार र अदालतलाई यो कुरामा सचेत रहन आग्रह गर्दै उनले   छिटो भन्दा छिटो फैसलालाई पुनरावलोकन गर्नुपर्ने आबश्यकता रहेको बताएका थिए ।

नेकपा (एमाले) बूढानीलकण्ठ नगर कमिटीको आव्हानमा भाद्र २६, २७, २८ र २९ गते १३ वटै वडामा हस्ताक्षर संकलन गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।