बुढानिलकण्ठ-१२ निवासी डा.गंगादत्त नेपाल बागमती प्रदेस योजना आयोगको उपाध्यक्षमा नियुक्त

बुढानिलकण्ठ-१२ निवासी डा.गंगादत्त नेपाल बागमती प्रदेस योजना आयोगको उपाध्यक्षमा नियुक्त

कपन अनलाइन
काठमाडौं, भदौ २७।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ आदर्शनगर  निवासी डा.गंगादत्त नेपाल बागमती प्रदेस योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन।

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं ६ स्थायी ठेगाना भएका डा. नेपाललाई बुधवार बसेको बागमती प्रदेस सरकारको मन्त्रिपरिषद बैठकले आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।

डा.नेपालले त्रिभुवन विश्वविद्यालयबाट जल र जलवायु परिवर्तनमा विद्यावारिधि हासिल गरेका छन् भने  उनीसँग लामो समय खानेपानी तथा सरसफाइ विभागमा रहेर काम गरेको अनुभव पनि रहेको छ।

यस्तै बागमती सरकारले प्रदेश योजना आयोगको चार जना सदस्यमध्ये दुई सदस्यमा काभ्रेपलान्चोकका गुणराज मोक्तान र काठमाडौंका डा. दिपेन्द्र श्रेष्ठलाई सदस्यमा नियुक्त गरेको छ।

तपाइँको प्रतिक्रिया ।