रेडियन्ट रिडर्समा थ्री अन थ्री बास्केटबल हुँदै

रेडियन्ट रिडर्समा थ्री अन थ्री बास्केटबल हुँदै

कपन अनलाइन
काठमाडौं, भदौ २१  ।
रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा उपत्यकाव्यापी अन्तरविद्यालय थ्री अन थ्री बास्केटबल प्रतियोगिता भदौ २८ गतेदेखि हुने भएको छ ।
रेडियन्ट रिडर्सले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको रेडियन्टका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा उपत्यकाका ५० भन्दा बढी विद्यालयको सहभागिता रहने रेडियन्टका ईसीए इन्चार्ज राजेन्द्र कपालीले जानकारी दिए । ब्वाइजमा २४ तथा गल्र्समा १६ टिमको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको  छ ।
विजेताले १५ हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कारसहित ट्रफी पाउने छन् । संस्थापक प्रिन्सिपल ढुंङ्गानाले खेलकुदको विकासका लागि विद्यालय तहबाटै खेल विकास आवश्यक रहेको बताउदै त्यसका लागि विद्यालय तहमा खेललाई अनिवार्य रूपमा समावेश गर्नु पर्ने बताए । उनले यस रजत महोत्सवका अवसरमा क्रिकेटका प्रतियोगिता पनि आयोजना गर्ने बताउदै रेडियन्टले आफ्नै क्रिकेट एकेडेमी पनि स्थापना गर्न लागेको जानकारी दिए । तीनदिने प्रतियोगिताका खेलहरु लिग कम नकआउट आधारमा सानेपास्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ ।

तपाइँको प्रतिक्रिया ।