ज्ञानोदयको लगातार दोश्रो जित

ज्ञानोदयको लगातार दोश्रो जित
कपन अनलाइन
काठमाण्डौ,भाद्र १४।

आयोजक ज्ञानोदय बालवाटिकाले ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार लगातार दोश्रो जित हात पारेको छ ।
ज्ञानोदयले पाठशाला, बागडोललाई ४६–३० ले पराजित ग¥यो । ज्ञानोदयका सफल याखाले १५ अंक जोडे । ब्वाइजमै चाँदबागले जेम्सलाई ३३–२२, मल्पीले रुपिजलाई ३७–५ र पुष्पसदनले भीएस निकेतनलाई ४८–३२ ले हरायो । चाँदबागका जेन्सन राईले ९, मल्पीका अश्रय चुकीले ८ र पुष्पसदनका मनीष गुरुङले २४ स्कोर गरे ।
गर्ल्समा  चाँदबागले रुपिजलाई १८–१ तथा मल्पीले पाठशाला, बानेश्वरलाई १४–९ ले पाखा लगाए । चाँदबागकी अमौलिका खड्का र मल्पीकी अरेथा श्रेष्ठले समान १०–१० अंक बटुले ।

तपाइँको प्रतिक्रिया ।