गोकर्णेश्वर नगरपालिकामा नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छात्रवृत्तिको सूचना

गोकर्णेश्वर नगरपालिकामा नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छात्रवृत्तिको सूचना

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ७।

गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छात्रवृत्तिको सूचना जारी गरेको छ ।

जारी सूचनामा नगरपालिकाका स्थायी बासिन्दा भएका पि.सि.एल. नर्सिङ्ग अध्ययन गर्ने छात्राहरुलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने कार्यक्रम रहेकाले नगरपालिकाको कार्यालयमा आईपुग्ने गरी दरखास्त पेश गर्न अनुरोध गरिएको छ ।

बिहिवार नगर प्रमुख दिपक रिसालले जारी गर्नु भएको सुचनामा  गोकर्णेश्वर नगरपालिकाको आ.व. २०८१।८२ को नीति तथा कार्यक्रम अनुसार नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रम अन्तर्गत यस नगरपालिकाका स्थायी बासिन्दा भएका पि.सि.एल. नर्सिङ्ग अध्ययन गर्ने छात्राहरुलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने कार्यक्रम रहेकाले २०८१ भाद्र मसान्त सम्ममा यस नगरपालिकाको कार्यालयमा आईपुग्ने गरी दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारी दिइएको छ।

यसैगरी दरखास्तका साथमा गोकर्णेश्वर नगरपालिकाको स्थायी बासिन्दा भएको हुष्टि हुने आधार गोकर्णेश्वर नगरपालिकाको स्थायी ठेगाना भएको नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्र र अभिभावकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी पेश गर्न समेत अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।