रिलायन्स एजुकेशन नेटवर्कको ९औँ आर.पि.मुन भव्यताका साथ सम्पन्न

रिलायन्स एजुकेशन नेटवर्कको ९औँ आर.पि.मुन भव्यताका साथ सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३।

रिलायन्स एजुकेशन नेटवर्कमा सञ्चालित रिलायन्स पब्लिक स्कुल नमुना संयुक्त राष्ट्रसंघ(आर.पि.मुन.)को नवौं राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ  ।

श्रावण ३१, ३२ र भाद्र १ गतेका दिन संचालित उक्त कार्यक्रममा काठमाडौं उपत्यका लगायतका रुपन्देही, चितवन, धनुषा, नवलपुर लगायतका २५ शैक्षिक संस्थाहरुका २२८ विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष  रविन्द्रजंग थापाको अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा संयुक्त राष्ट्रसंघका पूर्व स्थायी प्रतिनिधि  मधुरमण आचार्यको प्रमुख आतिथित्यमा गरेका थिए । उक्त कार्यक्रममा वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहाल विशेष अतिथि रहेका थिए  ।

काठमाडौंको चावाहिल स्थित रिलायन्स पब्लिक स्कुलको सभाहलमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले DISEC, WHO, UNOOSA, IPC, UNHRC, UNEP तथा संघीय संसद् नेपाल (FPN) तथा ऐतिहासिक विपत समिति (HCC) गरी ८ वटा समितिमा रहेर छलफलमा सहभागिता जनाएका थिए ।

‘जहाँ युवा मस्तिष्कहरु वार्ताको लागि भेला हुन्छन्’ भन्ने मुल नाराका साथ ३ दिनसम्म चलेको सम्मेलनमा मानव जगतका जल्दाबल्दा समस्यामा व्यापक छलफल गरी विश्वबन्धुत्वको भावना, मानव अधिकार, जलवायु परिवर्तनलाई के कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा केन्द्रित भएर व्यापक छलफल गरी घोषणा पत्र जारी गर्दै सम्मेलन समापन गरियो ।

उक्त कार्यक्रमको समापन गर्दै रिलायन्स एजुकेशन नेटवर्कका सञ्चालक एवम् सिनियर चार्टर एकाउन्टेन्ट राजु कुमार शिवाकोटीले सम्मेलनले ८ वटा समितिमा रहेका अध्यक्ष, सह–अध्यक्ष र मध्यस्थकर्तालाई मायाको चिनो हस्तान्तरण गर्दै यस्ता कार्यक्रमले आपसी समझदारी गरी समस्याको निराकरण गर्न थप सहयोग पुग्ने कुरा बताएका थिए ।

उक्त समापन समारोहमा २२८ प्रतिनिधिहरुमध्ये उत्कृष्ट प्रतिनिधि र अतिविशिष्ट प्रतिनिधि सदस्यहरुलाई पुरस्कृत गर्दै रिलायन्स पब्लिक स्कुलका प्रधानाध्यापक वसन्तलाल लामिछानेले विद्यार्थीहरुमा कुटनीतिक क्षमताको अभिवृद्धि एवम् सामुहिक रुपमा बहस गर्ने क्षमताको विकास हुने कुरा बताए  । सम्मेलनको सञ्चालन आर.पि.मुन नवौं संस्कराका कन्फरेन्स डाइरेक्छर दिलिप नेपालले गरेका थिए  । आर.पि.मुन. नवौं संस्करणका महासचिव तृष्णा बजगाईले अर्को वर्ष १०औं संस्करण भव्यताका साथ सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए  ।

 

तपाइँको प्रतिक्रिया ।