ग्रिनल्यान्ड बास्केटबलमा ६४ टिम

ग्रिनल्यान्ड बास्केटबलमा ६४ टिम

कपन अनलाइन
काठमाडौं, साउन ३२ ।
ग्रिनल्यान्ड स्कुलको आयोजनामा १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा तीन विधामा ६४ टिमको सहभागिता रहने ग्रिनल्यान्डका प्राचार्य एवं प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । जुनियर ब्वाइजमा २४, सियिनर गल्र्समा १६ र सिनियर ब्वाइजमा २४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । सिनियर ब्वाइजमा आयोजक ग्रिनल्यान्ड, सिनियर गल्र्समा भ्याली पब्लिक र जुनियर ब्वाइजमा लालीगुराँस नेसनल एकेडेमी डिफेन्डिङ च्याम्पियन हुन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने ग्रिनल्यान्डका सह–प्राचार्य विनोद घिमिरेले बताए । भदौ ११ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजक ग्रिनल्यान्डकै कोर्टमा खेलाइने छ । प्रतियोगितामा जम्मा १ सय १६ खेल हुनेछ ।

तपाइँको प्रतिक्रिया ।