एक नगर प्रमुख सहित काठमाण्डौका तिन वडामा उपनिर्वाचन हुने

एक नगर प्रमुख सहित काठमाण्डौका तिन वडामा उपनिर्वाचन हुने

कपन अनलाइन

काठमाण्डौ ,साउन २९।

काठमाण्डौ जिल्लामा एक नगर प्रमुख सहित तिन वडामा उपनिर्वाचन हुने भएको छ। काठमाण्डौ जिल्लाको किर्तिपुर नगरपालिकामा प्रमुख सहित वडा नं १ र ४ तथा काठमाण्डौ महानगरपालिका वडा नं १६ मा वडा अध्यक्ष पदक अलागी उपनिर्वाचन हुन् लागेको हो।

गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको प्रवक्ता रघुराम विष्टले जानकारी दिएका छन ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा आयोगको परामर्शमा सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको छ । सोहीअनुसार आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गरेको हो ।

तपाइँको प्रतिक्रिया ।