नेपाली कांग्रेसका जनप्रतिनिधि र पार्टी प्रतिनिधिहरु बुढानीलकण्ठको ११ नं को पहिरो प्रभावित क्षेत्रमा

नेपाली कांग्रेसका जनप्रतिनिधि र पार्टी  प्रतिनिधिहरु बुढानीलकण्ठको ११ नं को पहिरो प्रभावित क्षेत्रमा

कपन अनलाइन

काठमाण्डौ ,साउन २१ ।

नेपाली कांग्रेसका जनप्रतिनिधि तथा पार्टी प्रतिनिधिले बुढानीलकण्ठको ११ नं वडाको पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । शनिबार नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ ख को आयोजनामा गरिएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य मीना पराजुलीलगायत नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका  प्रतिनिधिहरूले  सो क्षेत्रको अवलोकन गरेका थिए।

कार्यम्रममा वडा नं ११ का  ५ ठाउँमा गएको पहिरोको अवलोकन र प्रभावित व्यक्तिहरूसँग छलफलपछि सहभागी प्रतिनिधिहरूले पहिरो प्रभावितलाई राहत र पुनर्स्थापनाका लागि यथाशक्य चाँडो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ ख का सचिव मनोज सिग्देलले जानकारी दिएका छन  । उनका अनुसार सहभागी प्रतिनिधिहरूले पालिका, प्रदेश र केन्द्रमा समेत आवश्यक पहल गरी सो क्षेत्रमा राहत र उद्धारका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको सिग्देलले जानकारी दिएका छन  ।

कार्यक्रममा प्रदेश सभा सदस्य मीना पराजुली, काठमाडौं क्षेत्र नं ४ का क्षेत्रीय सभापति श्यामकृष्ण संगत, क्षेत्र नं ४ ख का प्रदेश सभापति रामप्रसाद लुइँटेल, जिसस उपप्रमुख शान्ति पाण्डे, मेयर प्रत्यासी विनोद चालिसे, ११ का वडा सभापति राधेश्याम कार्की, जिल्ला सदस्य ललितादेवी गुरुङ, नगर कार्यसमितिका सहसचिव कुमार खड्का, ११ का जनप्रतिनिधि गंगा परियार, सम्बरबहादुर गुरुङ, काठमाडौं क्षेत्र नं ४ क का सचिव गोपाल आचार्य लगायत पार्टी नेता, कार्यकर्ता एवं प्रभावित स्थानीयको  सहभागिता रहेको थियो  ।

तपाइँको प्रतिक्रिया ।