बुढानिलकण्ठको विकासमा पुर्व रास्ट्रपति भण्डारीको चासो,पानी प्रशोधन केन्द्र स्थलगत अवलोकन

बुढानिलकण्ठको विकासमा पुर्व रास्ट्रपति भण्डारीको चासो,पानी प्रशोधन केन्द्र स्थलगत अवलोकन

कपन अनलाइन

काठमाण्डौ ,साउन २१।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुढानीलकण्ठ नगरपालिका–५ आइतबारे पार्कस्थित चिसेनीमा बन्न लागेको खानेपानीको बाँध र पानी प्रशोधन केन्द्र स्थलको अवलोकन गरेकी छन ।

बुढानीलकण्ठ नगरपालिकाको समन्वय तथा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सहयोगमा उक्त स्थानमा ड्यामसहितको १४ लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण  निर्माण गर्न लागिएको हो ।

अवलोकनका क्रममा पूर्वराष्ट्रपति भण्डारीलाई आयोजनाका विषयमा काठमाडौं ४ (ख) का प्रदेश सांसद जयराम थापा,  नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक इन्जिनियर सञ्जिव विक्रम राणा लगायतले जानकारी गराएका थिए ।

सो अवसरमा   नेकपा (एमाले) काठमाडौंका अध्यक्ष दीपक निरौला ,नगर अध्यक्ष प्रदिप डंगोल, बुढानिलकण्ठ क्षेत्र विकास समितिका अध्यक्ष बिदुर विक्रम खड्का  लगायत  वडा नं ३ तथा ५ का जनप्रतिनिधिहरु  एवम् स्थानीयहरूको सहभागिता रहेको  थियो ।

सर्भे भइरहेको ड्याम र पानी प्रशोधन केन्द्र निर्माण भएपछि बूढानीलकण्ठ आसपासका दुई लाख जनसंख्यामा खानेपानीको सहज आपूर्ति हुने विश्वास रहेको नेकपा एमाले नगर अध्यक्ष प्रदिप डंगोलले जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।