काठमाण्डौ क्षेत्र नं ४ को इन्चार्जमा कृष्ण बहादुर राई

काठमाण्डौ क्षेत्र नं ४ को इन्चार्जमा कृष्ण बहादुर राई

कपन अनलाइन
पेरिस, साउन १८।

नेकपा एमालेका पोलिट ब्युरो सदस्य कृष्ण बहादुर राईले काठमाण्डौ निर्वाचन क्षेत्र नं ४ को इन्चार्जको जिम्मेवारी पाएका छन।बिहीबार बसेको सचिवालय बैठकले राईलाई काठमाण्डौ क्षेत्र नं ४ त् ७ को इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो ।

लामो समयदेखि काठमाण्डौ जिल्लाको राजनीतिमा सक्रिय रहेका राई नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको अध्यक्ष समेत रहीसकेका छन।

२०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ३ को प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राई  अध्ययन र गीत् संगीत प्रति रुची राख्ने  पत्रकारिताका विद्यार्थी समेत  हुन् ।

तपाइँको प्रतिक्रिया ।