राष्ट्रिय र्‍यापिड रेटिङ्ग चेस प्रतियोगिता हुने

राष्ट्रिय र्‍यापिड रेटिङ्ग चेस प्रतियोगिता हुने

कपन अनलाइन
पेरिस, साउन १७।

प्याभिलियन्स चेस एकेडेमी र मित्रनगर राइजिङ्ग क्लबको सहकार्यमा नेपाल युवा एक दिने राष्ट्रिय र्यापिड रेटिङ्ग चेस खेल अन्तर्गत खुल्ला र रेटिङ्ग १७ सय मुनिको प्रतियोगिता आयोजना हुने भएको छ। नेपालका शीर्ष १५० जना राष्ट्रिय खेलाडीहरुको सहभागीता रहने प्रतियोगिता आगामी श्रावण १९ गतेका दिन मित्रनगरस्थित पुष्पकुञ्ज उच्च माध्यमिक विद्यालयमा सम्पन्न हुनेछ।

संयोजक सुवास कुमार गुरुङका अनुसार  प्रतियोगिता स्विस लिगका आधारमा जम्मा ७ चरणको खेल खेलाइनेछ । यस प्रतियोगितामा अन्तराष्ट्रिय नियम अनुरुप प्रतिस्पर्धाका लागि सिनियर खेलाडीहरुले  १० मिनेट + १० सेकेण्ड इन्क्रिजमेण्ट समय नियन्त्रणमा खेल्नेछन्। गुरुङका अनुसार प्रतियोगिताका बिजेताहरुले कूल नगद पुरस्कार राशी  रु. ९१,५००/- हात पार्ने छन्।

नेपालका युवा खेलाडीहरुलाई लक्षित गरि आयोजना गरिरहेको राष्ट्रिय प्रतियोगिताका प्रमुख निर्णायक अन्तर्राष्ट्रिय आर्विटर महेंवरलाल डंगोलका अनुसार खुल्ला तर्फ प्रथम हुनेले आकर्षक ट्रफि, गोल्डमेडल, प्रमाणपत्र र नगद पुरस्कार १५ हजार, दोस्रो हुनेले शिल्भर मेडल, प्रमाणपत्र, नगद पुरस्कार १० हजार , तेस्रो हुनेले ब्रञ्ज मेडल, प्रमाणपत्र, नगद पुरस्कार रु. ६ हजार, चौथोले नगद पुरस्कार रु. ४ हजार, पाँचौं देखि दशौं स्थानमा रहने खेलाडीलाई नगद ९ हजार ५ सय प्रदान गरिने बताएका छन्।

यस्तै अर्को विधा अन्तर्गत अन्तर्राष्ट्रिय रेटिङ्ग १७०० सय मुनिको श्रेणीमा प्रथम पुरस्कार रु. १० हजार , दोस्रो पुरस्कार रु. ६ हजार, तेस्रो पुरस्कार रु. ४ हजार, चौथो देखि दशौं स्थान सम्मका खेलाडीले नगद रु. १२ हजार हात पार्ने छन्।

यसैगरी प्रतियोगितामा विशेष पुरस्कार प्राप्त गर्नेमा  उत्कृष्ट महिला खेलाडीलाई रु. २ हजार, दोस्रो स्थानको महिला खेलाडीलाई रु. १ हजार ५ सय, उत्कृष्ट अण्डर १६ खेलाडीलाई रु. १ शजार, उत्कृष्ट अण्डर १४ खेलाडीलाई रु. १ हजार, उत्कृष्ट अण्डर १२ खेलाडीलाई रु. १ हजार, उत्कृष्ट अण्डर १० खेलाडीलाई रु. १ हजार, र ५५ वर्षमाथिका खेलाडीलाई रु. २ हजार प्रदान गरिनेछ।

तपाइँको प्रतिक्रिया ।