विद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

विद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

कपन अनलाइन
काठमाडौं, साउन ८ ।

नेपाल चार्टर्स अकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा) ले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । नेपाल चार्टर्स अकाउन्टेन्ट्स संस्था(आईक्यान) विद्यार्थीहरुको मागप्रति जिम्मेवार नभएको भन्दै विद्यार्थी संगठन एनकासाले चरणवद्ध आन्दोलनको घोषणा गरेको हो ।
नेपाल चार्टर्स अकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा) का अध्यक्ष महेन्द्र खड्काले परीक्षाको बेला ग्याप दिइनुपर्ने, समयानुकूल पाठ्यक्रम परिमार्जन हुनुपर्ने र रिटोटलिङको शुल्क घटाउनुपर्ने लगायतका माग राखेर आईक्यानलाई गत २०८० फागुन १३ गते मागपत्र बुझाएपनि अहिलेसम्ममाग सम्बोधन नभएको बताए ।
अध्यक्ष खड्काका अनुसार आईक्यानले अहिले परीक्षाका क्रममा विद्यार्थीहरुलाई ग्याप दिएको छैन । जसकाकारण विद्यार्थीहरुले पूर्ण रुपमा तयारी गर्न नपाएको र त्यसको असर रिजल्टमा देखिने गरेको अध्यक्ष खड्काले बताए । त्यस्तै, सन् १९९७मालागू गरिएको सीए लेभलको पाठ्यक्रम अहिलेसम्म पनि परिमार्जन नगरिएको अध्यक्ष खड्काको भनाइ छ । उनले समायानुकूल पाठ्यक्रम परिमार्जन हुनुपर्ने बताए ।
त्यस्तै, परीक्षार्थीले रिजल्ट चित्त नबुझेर रिटोटलिङ गराउन चाहेमा आईक्यानले महँगो शुल्क लिने गरेको पनि उनले सुनाए । अध्यक्ष खड्काका अनुसार आईक्यानले अहिले रिटोटलिङमा प्रति विषय ७ देखि ८ हजार रुपैयाँसम्म लिइरहेको छ ।
आईक्यानले विद्यार्थीहरुको यी माग सम्बोधन नगर्दा सीए अध्ययन गरिरहेका देशभरका १६ हजार विद्यार्थी मारमा परेको अध्यक्ष खड्काको भनाइ छ । उनले आब चरणबद्ध आन्दोलनमा जानुको विकल्प नरहेको बताए ।
एनकासाले साउन १० गते बिहिबार शान्तिपूर्ण प्रदर्शन,१२ गते बृहतप्रदर्शन, सोही दिन बेलुका राँके जुलुस प्रदर्शन र१३ गतेदेखि आमरण अनशन लगायतका संघर्षका कार्यक्रहरु घोषणा गरेको छ ।
विद्यार्थीहरुको हक, हितकालागि राखिएका जायज मागहरु पूरा नभएसम्म आन्दोलनबाट ब्याक नहुने अध्यक्ष खड्काले बताए ।

 

तपाइँको प्रतिक्रिया ।