त्रियोगमा बुद्धिचाल प्रतियोगिता सम्पन्न
कपन अनलाइन
काठमाडौं, साउन ४।
त्रियोग स्कुलको आयोजनामा सम्पन भएको अन्तर विद्यालय प्रतियोगितामा कक्षा १–३ छात्रा समूहमा इम्पेरियल वर्ल्डकी अग्रता आचार्य प्रथम, यूरो हात्तिगौँडाकी रुस्बेरी चौलागाई द्वितीय तथा पेभिलियनकी अधिरा पौडेल तृतीय भइन् । सोही समूहको छात्रतर्फ ल्याबोरेटरीका अंकुर पोखरेल प्रथम, त्रियोगका प्रसुन मल्ल द्वितीय तथा काठमाडौ गुरुकुलका सुनभ ओझा तृतीय भए ।
कक्षा ५–४ छात्रा समूहमा नितिन मेमोरियलकी नन्दा श्रेष्ठ प्रथम, यूरो हात्तिगौँडाकी कृसा श्रेष्ठ द्वितीय तथा मार्भेलसकी सोनालिका सराफ तृतीय भइन् । सोही समूहको छात्रतर्फ माछापुच्छ्रे आइबीका साहास श्रेष्ठ प्रथम, पुस्पसदनका हार्दिक पन्त द्वितीय तथा पेभिलियनका लक्ष मोरे तृतीय भए । कक्षा ६–७ छात्रा समूहमा मार्भेलसकी निहाना श्रेष्ठ प्रथम, त्रियोगकी परिधी खत्री द्वितीय तथा मार्भेलसकी कृष्ती रिजाल तृतीय भइन् । सोही समूहको छात्रतर्फ पाठशालाका ओस्कार पन्थी प्रथम, त्रियोगका आभास रिमाल द्वितीय तथा त्रियोगकै सम्पन्न बज्रचार्य तृतीय भए ।
कक्षा ८–१० छात्रा समूहमा त्रियोगकी रिया श्रेष्ठ प्रथम, त्रियोगकै कृपा बेलबासे द्वितीय तथा डि.ए.भीकी प्रज्ञा पन्त तृतीय भइन् । सोही समूहको छात्र तर्फ मनकामनाका प्रतिक सुवेदी प्रथम मोडर्न इन्डीयनका आशीष गुप्ता द्वितीय तथा क्रियटिभका सफल महर्जन तृतीय भए । त्यसैगरी आयोजक त्रियोग हाई स्कुल कक्षा ६–७ र कक्षा ८–१० समूहको समूहविजेता भयो । र मार्भेलस स्कुल कक्षा ५–४को समूह विजेता तथा यूरो स्कुल हात्तिगौँडा कक्षा १–३ स विजेताको उपाधी हात पार्न सफल भयौ। बुद्धिचाल दिवसको अवसरमा आयोजना गरेको चौथो त्रियोग अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता आज श्रावण ५ गते सम्पन्न भएको छ ।
प्रतियोगितामा काठमाडौँ उपत्यकाका ५० भन्दा बढि विद्यालयका ३५० भन्दा बढि खेलाडीको सहभागिता रहेको थियो । आज भएका अन्तिम चरणका खेलपछि विजेताहरुलाई प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल बुद्धिचाल संघका अध्यक्ष हेराकाजी महर्जन, बरिष्ठ उपाध्यक्ष दिपेन राई, पुर्व अध्यक्ष विदुर गौतम तथा प्रथम महिला नेशनल च्याम्पियन मोनालिसा खुम्बुको उपस्थिती रहेको थियो ।