एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई लोयल्टी एकेडेमीको सम्मान

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई लोयल्टी एकेडेमीको सम्मान

कपन अनलाइन

काठमाण्डौ,असार ३०।

बुढानीलकण्ठ नगरपालिका वडा नं  ९ मा रहेको लोयल्टी एकेडेमीले एस.इ.इ परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ।

विद्यालयले एस.इ.इ परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई आफ्नै विद्यालय मातहतमा भव्य समारोह आयोजना गरी उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा उप सभामुख इन्दिरा राणा मगर रहेकी थिइन् भने   विशेष अतिथिका रुपमा यस बुढानिलकण्ठ नगरपालिकाका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंह र ने विद्यालयको पूर्व विद्यार्थी तथा प्रतिनिधि सभा सदस्य  सुहाङ नेम्बाङ  रहेका थिए ।

उक्त कार्यक्रममा ४ जिपिए  सहित उत्कृष्ट नतिजा ल्याउन सफल प्रतिकराज बिष्टलाई प्रमुख अतिथि तथा विशेष अतिथिद्वारा  स्वर्ण पदक  सहित  पुरस्कृत गरिएको थियो।

साथै अन्य उत्तीर्ण विद्यार्थीहरूलाई समेत प्रमुख अतिथि तथा विशेष अतिथिद्वारा खादा र टिका लगाई सम्मानित गरिएको   विद्यालयका प्रधानाध्यापक वीरेन्द्र कुरुम्बाङले जानकारी दिएका छन ।

उक्त कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष बिजय सम्बाहाम्फेको सभापतित्वमा समापन गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।