अरुणिमाका एसईई उत्तीर्ण विद्यार्थीहरू सम्मानित

अरुणिमाका एसईई उत्तीर्ण विद्यार्थीहरू सम्मानित

कपन अनलाइन
काठमाडौं, असार २४।
काठमाडौँको बौद्धस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले   २०८० सालको एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई एक समारोहका बीच सम्मान गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष  भीमानन्द ढुङ्गानाको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख  दिपककुमार रिसालको प्रमुखआतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यार्थीहरू, अभिभावक तथा अतिथिहरूलाई अरुणिमा मा.वि. बौद्धका प्रिन्सिपल  बुद्धिप्रसाद रेग्मीले स्वागत गरेका थिए ।

उक्त समारोहमा प्र्रतिष्ठान अन्तर्गत सञ्चालित अरुणिमा मा.वि., बौद्धका ११०जना, नव अरुणिमा मा.वि., आरुबारीका ३९जना र अरुणिमा शिक्षा सदन मा.वि., महाङ्कालका ४३ जना विद्यार्थीहरू गरी जम्मा १९२जनाविद्यार्थीहरू सम्मानित भएका थिए । विद्यार्थीहरूलाई खादालगाई सम्मान गरिनुका साथै मायाको चिनो प्रदान गरिएको थियो ।

परीक्षामा सम्मिलित भई उत्कृष्ट नतिजा प्राप्त गर्ने  अरुणिमामा.वि., बौद्धका प्रतीक तामाङ र अभि कुमार सुवेदी,नव अरुणिमामा.वि. आरुबारीका दिव्यांशु रिसाल एवम् अरुणिमा शिक्षा सदनमा.वि., महाङ्कालका बिनिता गिरी र  कृष्मा ढुंगाना  लाई नगद पुरस्कार सहित अभिनन्दन गरिएको थियो।

सो समारोहमा प्रतिष्ठानका  कार्यकारी प्रिन्सिपल  ईश्वरी प्रसाद लामिछानेले विद्यार्थीहरूको परीक्षाफल विश्लेषण गर्नुका साथै प्रतिष्ठानको समग्र  शैक्षिक कार्यक्रमबारे प्रकाश पारेका थिए  भने प्रमुख अतिथि रिसालले शिक्षा क्षेत्रमा अरुणिमाको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै योगदानको निरन्तरता रहिरहोस् भन्ने कामना व्यक्त गरेका थिए ।

विद्यार्थीहरूका नृत्य तथा साङ्गीतिक प्रस्तुति तथा प्रसिद्ध  हाँस्यकलाकार  सुबोध गौतमको प्रस्तुतिले समारोह थप रोचक बन्नपुगेको थियो । विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथाअतिथिहरू गरी ६ सयभन्दाबढीव्यक्तित्त्वहरूको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।