रिलायन्स इन्टरनेसनल एकेडेमीको एसइइ सम्मान तथा बिदाइ कार्यक्रम – २०८१ सम्पन्न

रिलायन्स इन्टरनेसनल एकेडेमीको एसइइ सम्मान तथा बिदाइ कार्यक्रम – २०८१ सम्पन्न

कपन अनलाइन
काठमाडौं, असार २४।

नेपालको राजधानी काठमाडौंको उत्तरी भेग बुढानीलकण्ठ नगरपालिका, वडा नं १० कपनको मिलनचोक स्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले एसइइ सम्मान तथा बिदाइ कार्यक्रमको २४ औं शृंखला सम्पन्न गरेको छ।

शनिवार राम नगर पार्टी प्यालेसको हलमा आयोजित एक सभ्य र भव्य कार्यक्रमका बिच एकेडेमीले २०८० सालको माध्यमिक शिक्षा परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरूलाई सम्मानित गरेको हो। एकेडेमीले पाँच जनाको ४ जिपिए  सहित उत्कृष्ट नतिजा हासिल गरेको थियो।

रिलायन्स इन्टरनेसनल एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्र जंग थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल रहनु भएको थियो । बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ का वडाध्यक्ष शम्भु भट्टराई विशेष अतिथिका रुपमा रहनु भएको कार्यक्रममा प्रमुख अतिथि दाहालकी धर्मपत्नी तथा नेपालकै पहिलो महिला कलेजोदाता शान्ता दाहाल, विभिन्न विद्यालयका प्रधानाध्यापक लगायत विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए भने रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक समिति सदस्यहरू, शिक्षक/शिक्षिका, कर्मचारीहरू, शुभचिन्तकहरू तथा रियाका विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालक रिलायन्स इन्टरनेसनल एकेडेमीका इसिएर सिसिए कोअर्डिनेटर श्रीधरप्रसाद पौडेलले विद्यालय बारे जानकारी गराउँदै रिलायन्सको गर्विलो इतिहासका बारेमा बताएका थिए ।

रिलायन्स एजुकेसन नेटवर्कको ध्यान संस्कृतिको परम्परा अनुसार कार्यक्रमलाई २ मिनेटको ध्यानबाट सुरु गरेको थियो। रिलायन्स इन्टरनेसनल एजुकेसन नेटवर्कका संस्कृति विभाग प्रमुख दामोदर निरौलाले पूर्वीय संस्कृति र ध्यानको महत्त्व बारे चर्चा गर्दै उपस्थित सबैलाई ध्यानमा सरिक गराउनु भएको थियो । रिलायन्सले हरेक दिन कक्षा सुरु हुनु अघि २ मिनेट ध्यान गराउने गरेको उनले जानकारी दिएका छन  ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक खेमलाल भुसालले रिलायन्स इन्टरनेसनल एकेडेमी विकासक्रमसँगै अन्य छ वटा शैक्षिक संस्थाहरुको जननी संस्थाका रुपमा रहेको बताउँदै अनुशासित, शिक्षित र मर्यादित विद्यार्थी निर्माणका लागि सधैं अग्रसर यस विद्यालय संस्कृतिमा आधारित प्रगतिशील विद्यालयको रुपमा परिचय बनाउँदै आएको धारणा राखेका थिए  ।

वि.सं.२०७० सालमा SLC दिने ५ लाखभन्दा बढी विद्यार्थीहरुको बीचमा सर्वोत्कृष्ट विद्यार्थीको रुपमा नेपाल प्रथम, त्यसैगरी २०७५ सालको एस.इ.इ. परीक्षामा ५० जनाभन्दा बढी विद्यार्थीहरु समावेश गराउने संस्थागत विद्यालय तर्फ पनि उत्कृष्ट नतिजाको आधारमा रिलायन्स इन्टरनेसनल एकेडेमी राष्ट्रमै प्रथम स्थान हासिल गरी नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय सरकारबाट पुरस्कृत एवं सम्मानित भएको थियो भने २०७९ सालको एसइइ नतिजामा समेत संस्थागत विद्यालयहरु तर्फ पुनः प्रथम स्थान हासिल गर्दै बागमती प्रदेश सरकारबाट पुरस्कृत र सम्मानित भएको व्यहोरा जानकारी दिँदै विद्यालयको गौरवमय इतिहासलाई निरन्तरता दिँदै यस वर्ष प्रकाशित एसइइ २०८० को  नतिजामा पनि राष्ट्रकै सर्वोत्कृष्ट बन्न सक्ने बलियो सम्भावना देखिएको बताए  ।

कार्यक्रमका प्रमुख अतिथि दाहालले उत्कृष्ट नतिजा प्राप्त गरेकोमा सबैलाई बधाई दिँदै सुखद भविष्यको कामना गरेका थिए  । अभिभावकहरूलाई विशेष बधाई दिंदै उनले आज देखिएको नतिजा अभिभावकको परिश्रमको समेत नतिजा भएको उल्लेख गरेका थिए  । रिलायन्स इन्टरनेसनल एकेडेमीले आफ्नो गर्विलो इतिहासलाई निरन्तरता दिएकोमा बधाई दिंदै आफूले जहाँ जाँदा पनि रिलायन्सको कुरा गर्ने गरेको भन्दै दाहालले संस्कृतिको सन्दर्भमा र ध्यानका लागि रिलायन्सले गरेको प्रयास सह्राहनीय भएको बताए  । उनले कक्षा १० पास गरेपछि अझै चुनौती बढ्ने भन्दै विद्यार्थीहरूलाई जीवनको यात्रामा सफल हुन शुभकामना समेत दिएका थिए ।

कार्यक्रममा रिलायन्स सञ्चालक समितिका तर्फबाट शुभकामना दिँदै रिलायन्सका सञ्चालक तथा वरिष्ठ चार्टर एकाउन्टेन्ट राजु कुमार सिवाकोटीले अभिभावकको विश्वासका कारण रिया सफल हुन सकेको भन्दै उत्कृष्ट नतिजाका लागि बधाईको ठुलो हकदार अभिभावक भएको बताए  । उनले उत्कृष्ट नतिजा सहित परीक्षा उत्तीर्ण गरेका सबैलाई बधाई दिँदै आगामी शैक्षिक यात्रामा सफलताको शुभकामना दिनुभयो । उनले प्लस टु अध्ययनका लागि विषय छनोट, शैक्षिक संस्था छनोट, भविष्यको तयारी लगायत बारे महत्त्वपूर्ण सुझावहरू समेत दिएका थिए ।

एसइइ उत्तीर्ण गरेका १०८ जना विद्यार्थीहरूलाई सम्मान गरेको विद्यालयले उक्त अवसरमा ४ जिपिए ल्याउन सफल ५ जना विद्यार्थीहरुलाई जनही रु. १०,००० नगद सहित सम्मान गरेको थियो। साथै शिक्षक/शिक्षिका तथा महत्त्वपूर्ण योगदान गर्ने विद्यालय परिवारका अन्य सदस्यहरू समेत उक्त अवसरमा सम्मानित भएका थिए  ।

कार्यक्रमका सभापति थापाले २४ औँ एसइइ ब्याचको बिदाइ कार्यक्रम भएकाले पनि कार्यक्रम विशेष रहेको बताउँदै  १३ वर्षको लगानीको प्रतिफल प्राप्त गरेको भन्दै विद्यार्थीहरूलाई बधाई दिंदै उहाले बधाई दिन मात्रै नभएर आगामी मार्गमा समेत प्रोत्साहन मिलोस् भन्नका लागि कार्यक्रम राखिएको जानकारी गराए  ।

जीवनमा यो परीक्षाको सुरुवात मात्रै भएको र अझै ठुला परीक्षाहरू बाँकी रहेको उल्लेख गर्दै उहाँले विद्यार्थीहरूले जीवनमा धेरै कुरा देख्न र सिक्न बाँकी रहेको बताए  । अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन अझ ठुलो बधाइका हकदार रहेको बताउँदै नेटवर्क भर एसइइमा उत्कृष्ट नतिजा प्राप्त गर्न सकिएको हुँदा यो समय रिलायन्सका लागि विशेष भएको बताउँदै शैक्षिक क्रियाकलाप, प्रतिभा विकास, संस्कार र जीवनोपयोगी सीप रिलायन्सको आधार रहेको कुरामा जोड दिंदै एसइइ पछिको शिक्षाबारे महत्त्वपूर्ण सुझावहरू विद्यार्थीलाई दिँदै थापाले कार्यक्रम समापनको घोषणा गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।