राष्ट्रिय योजना आयोग आयोगले गर्यो अनुगमन : कहिले सकिन्छ नागढुंगा सुरुङमार्ग निर्माण ?

राष्ट्रिय योजना आयोग आयोगले गर्यो अनुगमन : कहिले सकिन्छ नागढुंगा सुरुङमार्ग निर्माण ?

कपन अनलाइन

काठमाण्डौ ,असार ९।

राष्ट्रिय योजना आयोगले नागढुंगा सुरुङमार्गको अनुगमन गरेको छ । आइतबार आयोगका वरिष्ठ सदस्य डा. रामकुमार फुयालको नेतृत्वमा आयोजना स्थल पुगेर अनुगमन गरिएको हो ।
टोलीले आयोजनाको प्रगति, समस्या लगायतका विषयमा जानकारी लिएको छ । अनुगमन टोलीका संयोजक तथा आयोग सदस्य डा. फुयाललाई बिफ्रिङ गर्दै आयोजना निर्देशक रमेश कोइरालाले भौतिकप्रगति ७६ प्रतिशतभन्दा बढी र वित्तीय प्रगति ७० प्रतिशतभन्दा बढी सम्पन्न जानकारी दिएका थिए।
आयोजनाका लागि पछिल्लो समय १८ महिना थपगरिएकोमा  १४ महिनाअझै बाँकी रहेको छ । उक्त अवधिमा आयोजना सम्पन्न हुने उनले बताए ।
यद्यपि, अनुगमनका क्रममा केही समस्याहरु भने देखिएका छन् । आयोगका सदस्य डा. फुयालका अनुसार केही कित्ताहरुको मुआब्जा बिवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर (आरएसएस) बनाउने केही चुनौतीहरु रहेका छन् ।
‘एउटै जग्गा सडक विभागको र स्थानीयको नाममा देखिएकाले आरएसएस निर्माणमा समस्या भएको रहेछ’ अनुगमन टोलीका संयोजक डा. फुयालले भने, ‘अनुगमनकाक्रममा केही मुआब्जाको समस्या, घर चर्किएको र निर्माण व्यवसायीको कर छुटको समस्यापनि देखियो ।’ माथि देखिएका समस्याहरु कसरी समाधानगर्ने भन्ने विषयमाआयोजनाले सोच्नु पर्ने उनले बताए । माथिका समस्याहरु समाधानगर्न सकने सुरुङमार्ग निर्धारित समयमा नै सम्पन्न हुने देखिएको उनको निष्कर्श छ ।
अनुगमन टोलीमा आयोगका महाशाखा प्रमुख हेमराज सुवेदीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका अधिकारीहरु समेत सहभागी रहेका थिए ।

तपाइँको प्रतिक्रिया ।