सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल : भ्याली पब्लिकको दुवै टोली फाइनलमा

सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल : भ्याली पब्लिकको दुवै टोली फाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,असार ९।

भ्याली पब्लिकको ‘ए’ र ‘बी’ दुवै टोली सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
मनमैजुस्थित आयोजक एन्जल्स हार्टको कोर्टमा भ्याली पब्लिक ‘ए’ ले टीआईएलाई २७–१५ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा लोरिशा गौचनले १० अंक योगदान गरिन् । दृष्य गुरुङको १० अंक सहयोगमा भ्याली पब्लिक ‘बी’ ले ग्रिनल्यान्डलाई २७–२४ ले हरायो ।
जुनियर ब्वाइजमा एन्जल्स हार्ट र किङडम उपाधिका लागि भिड्ने भएका छन् । एन्जल्स हार्टले ग्रिनफिल्डलाई २६–१८ ले पाखा लगायो । एन्जल्स हार्टका रुपेश पौडेलले १४ अंक जोडे । किङडमले सेबको चुनौती २८–२० ले पन्छायो । किङडमका जिग्मे लामाले १४ स्कोर गरे । फाइनल आइतबार हुनेछ ।
हिसान बास्केटबलमा सेमिफाइनल समीकरण पूरा ः
एन्जल्स हार्टमै शनिबारदेखि सुरु भएको प्रथम हिसान तारर्केश्वर एसइइ कप थ्री एक्स थ्री छात्र बास्केटबलमा सेमिफाइनलमा समीकरण पूरा भएको छ ।
सेमिफाइनल पूर्णिमा र श्री युवा तथा टाइम आउट नेपाल र वे टु गेटबीच हुनेछ । क्वाटरफाइनलमा पूर्णिमाले दि इन्फिनिटीलाई १६–११, श्री युवाले एन्जल्स हार्ट ‘बी’ लाई १२–५, टाइम आउटले बफेलोलाई १६–६ र वे टु गेटले एसापलाई १२–७ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् । आइतबार सम्पन्न हुने नकआउट प्रतियोगितामा ५० टिम सहभागी छन् ।

तपाइँको प्रतिक्रिया ।