लोयल्टी एकेडेमी बुढानिलकण्ठ-९ का दुवै टोली क्वाटरफाइनलमा

लोयल्टी एकेडेमी बुढानिलकण्ठ-९ का दुवै टोली क्वाटरफाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,असार ८।

आयोजक लोयल्टी एकेडेमीको ‘ए’ र ‘बी’ दुवै टोली लोयल्टी कप एसइइ थ्री एक्स थ्री छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अक्षरिकाको पनि ‘ए’ र ‘बी’ दुवै टोली क्वाटरफाइनलमा पुग्न सफल भयो । एन्ड वान, सेल्फ मेड, मनास्लु वल्र्ड कलेज र टाइम आउटले क्वाटरफाइनल यात्रा तय गरे ।
प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सहभागी सबैलाई छात्रवृत्तिको पनि व्यवस्था रहेको छ ।
उद्घाटनका अवसरमा लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फे, निर्देशक नन्दा सुब्बा, प्रिन्सिपल विरेन्द्र कुरुम्वाङलगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

तपाइँको प्रतिक्रिया ।