नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य पदमा रविन्द्र थापा ( रवी ) को उम्मेद्वारी

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य पदमा रविन्द्र थापा ( रवी ) को उम्मेद्वारी

कपन अनलाइन
काठमाडौं, जेठ २८।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य पदमा रविन्द्र थापा ( रवी ) ले  उम्मेद्वारी दर्ता गराएका छन।

बुढानिलकण्ठ नगरपालिका भूगोल क्लस्टरको १०२ (६ ) मा उम्मेद्वारी दर्ता गराएका थापा लामो समयदेखि नेकपा एमालेको संगठनमा सक्रिय रहेका छन ।

दुई कार्यकाल नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को सदस्य रहेका थापाले यस पटक पदाधिकारीमा दावी गर्ने तयारी गर्दै विभिन्न प्रभावशाली नेताहरु संगको परामर्शलाई पनि बाक्लो बनाएका छन।

साविक महाँकाल गाविस रहदा प्ररायु संघको संस्थापक अध्यक्ष समेत रहेका थापा २०५४ शालको स्थानीय निकायको निर्वाचनमा वडा नं ६ को सदस्यमा निर्वाचित भएका थिए।

बुढानिलकण्ठ नगरपालिकामा भौतिक पूर्वाधार विकासका लागि पार्क निर्माणका साथै करिव १३ सय घरधुरीलाई खानेपानी उपलव्ध गराउने अभियानमा रहेका थापाले शशक्त संगठन र रचनात्मक कमिटी निर्माणका लागि आफ्नो उम्मेद्वारी रहने बताउदै आएका छन।

 

तपाइँको प्रतिक्रिया ।