कुकिवन कप युएसए च्याम्पियनसिपमा नन्दालाई दोहोरो स्वर्ण

कुकिवन कप युएसए च्याम्पियनसिपमा नन्दालाई दोहोरो स्वर्ण

कपन अनलाइन
काठमाडौं, जेठ २१।
नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जितेकी छन् ।
अमेरिकाको न्युजर्सीमा भएको प्रतियोगिताको महिला ५० वर्षमुनि फ्रि स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा नन्दाले स्वर्ण जितेकी हुन् । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिकी सदस्य समेत रहेकी नन्दाले १० महिनाको अवधिमा जितेको यो तेश्रो स्वर्ण हो । नन्दाले गत साउनमा दक्षिण कोरियामा भएको स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि स्वर्ण जितेकी थिइन् ।

तपाइँको प्रतिक्रिया ।