माउन्ट ग्लोरीलाई काठमाडौं भ्याली फुटसल कपको उपाधि

माउन्ट ग्लोरीलाई काठमाडौं भ्याली फुटसल कपको उपाधि

कपन अनलाइन
काठमाडौं, जेठ २०।
माउन्ट ग्लोरीले काठमाडौं भयाली एसईई कप फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
स्यूचाटारस्थित आयोजक काठमाडौं भ्याली स्कुलको  कोर्टमा भएको फाइनलमा माउन्ट ग्लोरीले हर्टल्यान्डलाई १०–३ गोलले पराजित ग¥यो । विजयी टिमका अमृत बस्यालले दोहोरो ह्याट्रिकसहित ८ गोल गरे । अमृत नै प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने ।
विजेतालाई केभिसिका अध्यक्ष डा. स्वागत श्रेष्ठ र प्रिन्सिपल संगिता श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ९ ब्वाइज टिमले लिग कम नकआउट प्रतिस्पर्धा गरेको केभिसिका फुटबल प्रशिक्षक सागर रिजालले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।