बुढानिलकण्ठ शैक्षिक मंचको छैटौ साधारण सभा सम्पन्न, नयाँ कार्यसमीती चयन

बुढानिलकण्ठ शैक्षिक मंचको छैटौ साधारण सभा सम्पन्न, नयाँ कार्यसमीती चयन

कपन अनलाइन
काठमाडौं, जेठ २०।

बुढानिलकण्ठ शैक्षिक मंचको छैटौ साधारण सभा सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुको साझा संगठनका रुपमा रहेको मंचको सो साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ।

जेष्ठ १४ र १५ गते भएको मंचको साधारण सभाले कृष्ण प्रसाद लामिछानेको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ।सो समितिको बरिष्ठ उपाध्यक्षमा हरेराम खत्री चयन भएका छन भने सचिवमा धनेन्द्र वस्नेत चयन भएका छन।

बुढानिलकण्ठ शैक्षिक मंचको उक्त साधारण सभाले मंचको कोषाध्यक्षमा शर्मिला केसी र सहसचिवमा टेक बहादुर कार्कीलाई चयन गरेको छ भने सह कोषाध्यक्षमा रमा दाहाल र सदस्यहरुमा शिशिर अधिकारी र  महेश के सी चयन भएका छन।

 

तपाइँको प्रतिक्रिया ।