मनास्लु वर्ल्ड कलेज एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबलको सेमिफाइनलमा

मनास्लु वर्ल्ड कलेज एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबलको  सेमिफाइनलमा

कपन अनलाइन
काठमाडौं, जेठ १८  ।
मनास्लु वर्ल्ड  कलेज एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
एस इन्टरनेसनल विजनेस स्कुलद्वारा आयोजित प्रतियोगितामा मनास्लुले पीएलएक्स ‘ए’ लाई १५–१२ ले पराजित ग¥यो ।
ब्वाइजमै अक्सब्रिजले गैडालाई १९–१३, ग्रिनफिल्डले इन्साइट भिजनलाई १२–८ र एडुक्रोपले केसीएसएसलाई २१–१६ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । सेमिफाइनलमा एडुक्रोपको भेट अक्सब्रिजसंग हुनेछ भने मनास्लुले ग्रिनफिल्डसंग खेल्ने छ ।
गल्र्समा आईएसए नेपालले ड्रिम अनलाई ११–१, टिम दिब्यले इन्साइट भिजनलाई ११–४ र जेभियर इन्टरनेसनलले रेबिट बलर्सलाई ११–७ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे । बलर्स एकेडेमी पनि वाकओभर पाउदै सेमिफाइनलमा पुग्यो । सेमिफाइनल बलर्स एकेडेमी र जेभियर तथा टिम दिब्य र आईएसए नेपालबीच हुनेछ । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

तपाइँको प्रतिक्रिया ।