सप्तदेव साकोसले मोटिभेसन, करियर काउन्सिलिङ र बचत तथा लगानी सम्बन्धि सेमिनार गर्ने

सप्तदेव साकोसले मोटिभेसन, करियर काउन्सिलिङ र बचत तथा लगानी सम्बन्धि सेमिनार गर्ने

कपन अनलाइन

काठमाडौं, जेठ १७।

सप्तदेव साकोसले मोटिभेसन, करियर काउन्सिलिङ र बचत तथा लगानी शीर्षकमा एक दिवसीय सेमिनार आयोजना गर्ने भएको छ । विशेष गरी आफ्नो कार्यक्षेत्र बुढानीलकण्ठ वडा नं. १०, ११, १२ मा बसोबास गर्ने वा उक्त वडाहरुमा रहेका विद्यालयमा अध्ययन गरी २०८० सालको एसइइ परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर उक्त सेमिनार आयोजना गर्न लागेको हो ।

बुढानीलकण्ठ नगरपालिका वडा नं. १० सँगको सहकार्यमा आयोजना हुने उक्त कार्यक्रममा नेफ्स्कूनका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेलले बचत तथा लगानी शीर्षकमा, नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले उत्प्रेरणात्मक प्रस्तुति र करियर काउन्सिलिङ विज्ञ उज्वल कुमार निरौलाले कारियर काउन्सिलिङ विषयमा प्रस्तुति दिने संस्थाका व्यवस्थापक पुरुषोत्तम नेपालले जानकारी दिएका छन  ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना कार्यक्षेत्रका युवाका लागि यसप्रकारको कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष बालकृष्ण भट्टराईले बताएका छन  ।

तपाइँको प्रतिक्रिया ।