तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल : फ्रिडम र चावहिल सेमिफाइनलमा

तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल : फ्रिडम र चावहिल सेमिफाइनलमा

कपन अनलाइन

काठमाडौं, जेठ १४।

फ्रिडम ब्रदर्श युनाइटेड ‘बी’ र चावहिल स्पोर्टस् क्लब ‘बी’ तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा फ्रिडम ‘बी’ ले कपन भेट्रानलाई टाइब्रकेरमा ३–२ गोलले पराजित गर्यो  । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएको थियो । फ्रिडम ‘बी’ का गोलरक्षक रुपक गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए ।
चावहिल ‘बी’ ले सानोगौचरण नाइट किङ क्लबलाई ३–१ ले हरायो । चावहिल ‘बी’ का हरि महर्जन, दिलिप थापा र दीपक लामाले गोल गरे । सानोगौचरणका राकेश श्रेष्ठले सान्त्वना गोल गरे ।
यससंगै सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा चावहिल ‘बी’ को भेट फ्रिडम ‘बी’ संग   हुनेछ । अर्को सेमिफाइनल चावहिल ‘ए’ र फ्रिडम ‘ए’ बीच हुनेछ । दुवै सेमिफाइनल सोमबार हुनेछ ।

तपाइँको प्रतिक्रिया ।