ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई न्युटन कप

ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई न्युटन कप

कपन अनलाइन

काठमाडौं, जेठ १४।

ग्रिनल्यान्ड र भ्याली पब्लिकले प्रथम न्युटन एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ग्रिनल्यान्ड ब्वाइज तथा भ्याली पब्लिक गर्ल्समा  च्याम्पियन बने ।
बालुवाटारस्थित आयोजक न्युटन हाइ स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा ग्रिनल्यान्डले हुपर्सलाई १८–१२ ले पराजित गर्यो । ग्रिनल्यान्डका सुरेश बिसीले ८ अंक जोडे ।
गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई १८–१६ ले हरायो । भ्याली पब्लिककी एन्जल गुप्ताले ७ स्कोर गरिन् । दुवै समूहमा पहिलो हुनेले १० हजार र दोश्रोले ५ हजार नगद पुरस्कार हात पारे । उपाधि विजेता र उपविजेता टोलीका प्रत्येक खेलाडीले न्युटनमा प्लस टु अध्ययनका लागि १०० प्रतिशत छात्रवृत्ति पनि पाए । उपाधि विजेता बाहेक नकआउट चरणमा पुग्ने र सहभागी टोलीका हरेक खेलाडीलाई पनि फरक फरक प्रतिशतमा छात्रवृत्तिको अवसर दिइएको छ ।
फाइनलका सर्वाधिक स्कोरकताद्वय सुरेश र एन्जल आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, न्युटनका प्रिन्सिपल रामबहादुर केसी, न्युटनका कार्यकारी निर्देशक रमेश पन्थी, तारकेश्वर  नगर प्याब्सनका अध्यक्ष धनबहादुर पुन र टोखा नगर प्याब्सनका अध्यक्ष टंककुमार चापागाईंले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुईदिने प्रतियोगिताको ब्वाइजमा  ३२ तथा गर्ल्समा  १६ गरी ४८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक नारायण खवासले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।