नौलो स्वाद : ध्रुवराज थापा ‘पुरूष’ (लघुकथा)

नौलो स्वाद : ध्रुवराज थापा ‘पुरूष’ (लघुकथा)

कपन अनलाइन

काठमाडौं, जेठ १२।

नितान्त नौलो । अनौठो ! अचम्मै ! खोजेरै कतै नपाईने ।
एक हुल महिलालाई जुरूक्क उठ्न लगाईयो । उठेका जति सबैलाई सभापतिको दर्जा दिईयो ।
त्यसपछि त्यहाँ उपस्थित सबै पुरूषलाई उठ्न भनियो । उनीहरूले आदेशको पालन गरे । उनीहरू सबैलाई प्रमुख अतिथिको संज्ञा दिईयो ।
धर्म पत्नीले आफ्नो बाहुनको फोटोमा रूद्राक्षको माला पहि¥याईन ।
अगाडि लहरै उभिएकालाई छोरीहरूले अक्षताको टिका लगाईदिए । संस्कार अनुसार हात खालि नराखी दक्षिणा पनि दिए ।
कसैले सुसेली गाए, कसैले कविता गाए !
‘आज हामी बीडी त्यागीको एक्काईसौँ स्मृति दिवस मनाउँदै छौँ ।’ उद्घोषकले भने ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।