टेक्सास टपर्स टकमा बुढानिलकण्ठका उत्कृस्ट विद्यार्थीले विद्यालय चिनाउने,जेष्ठ १३ गते अभिमुखीकरण
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ७।
बुढानिलकण्ठ नगरपालिकामा रहेका विद्यालयमा अध्यनरत उत्कृस्ट विद्यार्थी मार्फत विद्यालय चिनाउनका लागि टेक्सास टपर्स टक कार्यक्रम आयोजना गरिएको छ।
जेष्ठ १८ गते बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कार्की इभेन्ट्समा हुने कार्यक्रममा विद्यार्थीहरुले आफ्नो विद्यालयको इतिहास,पृष्ठभूमि, विशेषता आदिका वारेमा प्रस्तुतीकरण दिनेछन।
विद्यालयका कक्षा ८ ,९ र १० मा अध्यनरत विद्यार्थी मध्ये विद्यालयले छनौट गरेका उत्कृस्ट विद्यार्थीहरुकाका लागी जेष्ठ १३ गते टेक्सास इन्टरनेसनल कलेज, चावहिल मित्रपार्कमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।
कपन अनलाइनको आयोजना,टेक्सास इन्टरनेसनल कलेजको प्रायोजन र भी एस कलेज ,चावहिलको प्रवर्धनमा हुने सो कार्यक्रममा सहभागिताकाका लागि जेष्ठ १० गते भित्र ९८५११८५५७० मा विद्यार्थीको नाम दर्ता गर्न सकिनेछ।
TOPPERS TALK कार्यक्रम अवधारणा
यो कार्यक्रम विभिन्न विद्यालयहरुमा अध्ययनरत उत्कृस्ट विद्यार्थीले आफ्नो शिक्षालय चिनाउने अभियानका रुपमा रहेको छ।
यस कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफ्नो विद्यालयका वारेमा तयार पारेको सामाग्री मन्तव्य मार्फत प्रस्तुत गर्नेछन भने उनीहरुको प्रस्तुति र शैलीलाई संचार माध्यम मार्फत सार्वजनिक गरिनेछ।
कस्तो हुनेछ कार्यक्रम ?
१. विद्यार्थीहरुले विद्यालयको इतिहास, सबल पक्ष र विशेषताहरुका बारेमा ४ मिनेटको सामाग्री तयार पार्नुपर्नेछ।
२. कार्यक्रम आयोजना गरिएको दिन विद्यार्थीहरुले आफुले तयार पारेको सामाग्री प्रस्तुत गर्नेछन।
३. विद्यार्थीहरुको प्रस्तुतिलाई विभिन्न संचार माध्यमले प्रत्यक्ष प्रसारण समेत गर्नेछन।
४. विद्यार्थीहरुको प्रस्तुतिलाई आयोजक कपन अनलाइनले सम्पादन गरेर हरेक विद्यालयको छुट्टा छुट्टै भिडियो तयार गरी प्रसारण गर्नुका साथै भिडियो विद्यालयलाई उपलव्ध गराउने छ।
५.कार्यक्रमको प्रचारमा टाइटल स्पोन्सर, इभेन्ट स्पोन्सर र सहभागी विद्यालयलाई प्राथमिकताका साथ स्थान प्रदान गरिनेछ।