श्रीनगरको सम्झना : वन्दना पौडेल (कविता )
कपन अनलाइन
काठमाडौं, फागुन २६।
आँप केरा अङ्गुर लिची जे खाए नि त्यही छ ।
बस्नलाई त मेरो गाउँ साह्रै राम्रो रैछ ।।
कहिले काफल खान भनी श्रीनगर धाउने ।
कतिको भो गन्तव्य त्यहाँ चोखो माया लाउने ।।
कहिले देखाए चर्तिकला कोही थे धेरै पढ्ने ।
कहि त कलेज पढ्न भनी त्यहाँ आएर लड्ने ।।
कहिले एफ. एम श्रीनगरमा चल्यो दोहोरी ।
मेरो मनले मान्दैनथ्यो कार्यक्रम नहेरी ।।
तल हे¥यो माडीको फाट कति रमाइयो ।
श्रीनगरमा कार्यक्रम त कति चलाइयो ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।