बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को प्रशासनिक भवन शिलान्यास
कपन अनलाइन
काठमाडौं, फागुन २५।
बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को प्रशासनिक भवन शिलान्यास गरिएको छ।
वडा नं ६ को लुड़े खोला कोरिडोरमा करिव १५ आना क्षेत्रफलमा निर्माण हुने सुविधा सम्पन्न भवनको नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले शिलान्यास गरेका हुन्।
नगर उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याल र वडा नं ६ का अध्यक्ष रवी खड्का सहित विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरुको उपस्थितिमा शिलान्यास गरिएको सो भवन भूमिगत पार्किङ सहित ५ तल्लाको हुनेछ।
वडाबाट उपलव्ध हुने सेवाहरुलाई सहज र प्रभावकारी बनाउनका लागि ५ करोड ६५ लाखको लागतमा भवन निर्माण गर्न लागिएको बताउदै वडा अध्यक्ष रवी खडकाले सो भवन १८ महिनामा निर्माण सक्ने गरी टेन्डर लागेको जानकारी दिएका छन।
तपाइँको प्रतिक्रिया ।