३५ विषयको सिमुलक तालिमका लागि २३ कलेजसंग काठमाण्डौ महानगरको सम्झौता

३५ विषयको सिमुलक तालिमका लागि २३ कलेजसंग काठमाण्डौ महानगरको सम्झौता

कपन अनलाइन
काठमाडौं, फागुन २४।

काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले  सरकारी र निजी गरेर २३ वटा क्याम्पसहरुसँग सिपमूलक तालिम सञ्चालन स्थलका लागि सहमति पत्रमा हस्ताक्षर गरेको छ।

विभागका निमित्त प्रमुख बिमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीहरुले सम्झौतामा हस्ताक्षर गरेका हुन्। यो कार्यक्रममा रोजगारमूलक सिप विकास तालिम सञ्चालन हुनेछन। सामाजिक विकास विभागले कार्यान्वयन गर्ने सो  कार्यक्रममा सिप नजानेका र सिपको स्तरोन्नति गर्नुपर्ने व्यक्तिलाई सिप सिकाउने तथा सिपको स्तरोन्नति गराइनेछ । १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार जनालाई प्रत्यक्ष रोजगारीमा आवद्ध गराउने कार्यक्रमको लक्ष्य राखिएको छ ।

सो  सम्झौता बमोजिम कलेजहरुले कक्षा कोठा (स्थान) र प्रयोगशाला निःशुल्क उपलब्ध गराउनेछन् । प्रशिक्षक तथा जनशक्ति र मर्मत सम्भार खर्च महानगरपालिकाले उपलब्ध गराउनेछ । यसका लागि कलेजहरुले महानगरपालिकामा लागत अनुमान पेश गर्नुपर्नेछ । तालिमको संयोजन र सहजीकरण महानगरपालिकाबाट खटाइएका तालिम संयोजकहरुले गर्नेछन।

तालिम लिन कसरी फाराम भर्ने 
चालु आर्थिक बर्षबाट कार्यान्वयनमा आएको यो कार्यक्रममा सहभागी हुन गएको असोज २२ गते सार्वजनिक सूचनाबाट इच्छुक व्यक्तिहरुलाई फाराम भर्न आव्हान गरिएको छ ।

अनलाइन फाराममा आफूले तालिम लिन चाहेको विधा छान्न सकिन्छ । अनलाइनमा पहुँच नहुनेका लागि अन्य विधाका तालिम लिन वडा कार्यालयमा गएर फाराम भर्न सकिने व्यवस्था मिलाइएको छ ।

सिपमूलक तालिम लिन, यो लिङ्क क्लिक गरेपछि आउने फाराम भरेर विवरण पेश गर्नुहोस् ।

https://t.ly/EfDJw

फाराम भर्नेले यी बिधामध्ये आफूलाई रुचि लागेको क्षेत्रलाई १ त्यसपछिको रुचिको क्षेत्रलाई क्रमशः २, ३, ४ र ५ नम्बर दिनुपर्नेछ ।

सिपमूलक तालिम लिइसकेका व्यक्तिहरु श्रम वैङ्कमा आवद्ध हुन सक्नेछन। श्रम वैङ्कमा आवद्ध हुन, यो लिङ्क क्लिक गरेपछि आउने फाराम भरेर विवरण पेश गर्नुहोस् । https://t.ly/J-zuW

तालिमका विधाहरु 
१)     प्रोफेसनल कम्प्युटर हार्डवेयर नेटवर्किङ् तथा सीसीटिभी क्यामरा जडान तथा मर्मत तालिम
२)    सफ्टवेयर डिभलपमेन्ट तालिम
३)    प्रोफेसनल इलेक्ट्रिसियन एण्ड प्लम्बिङ् तालिम
४)    सिलाइ कटाइ तथा फेसन डिजाइनिङ् तालिम
५)    कन्स्ट्रक्सन लेवर तथा मिस्त्री तालिम
६)    व्युटी पार्लर तथा सैलुन तालिम
७)    मोटरसाइकल रिपेयर मेन्टिनेन्स तालिम
८)    लाइट भेहिकल मेन्टिनेन्स तालिम
९)    कार्पेन्टर तथा इन्टेरियर डिजाइनिङ् तालिम
१०)    हस्तकला तथा मूर्तिकला तालिम
११)    आकाशे पानी संकलन तथा रिजर्व वोरिङ् तालिम
१२)    सरसफाइ तथा माली तालिम
१३)    कौसी खेती (भर्टिकल फार्मिङ्) तालिम
१४)    हेभी इक्वीपमेन्ट अपरेटर (ब्लाक व्हो, लोडर, एक्साभेटर) तालिम
१५)    फास्टफुड/चाइनिज र इन्डियन कुक तालिम
१६)    बारिस्ता /बेकरी तालिम
१७)    बार ट्रेण्डिङ्वे/टरवेट्रिस तालिम
१८)    होम एप्लाइन्सेस मर्मत तालिम
१९)    अनलाइन रोजगार (जब) तालिम
२०)    सम्पदा निर्माण तथा मर्मत तालिम
२१)    प्रोसेसनल अकान्टिङ् तालिम
२२)    रिसेप्सनिष्ट तथा क्यासियर तालिम
२३)    मार्केटिङ् तथा डिजिटल मार्केटिङ् तालिम
२४)    ग्राफिक्स डिजाइन भिडियोग्राफी तथा भिडियो इडिटिङ्
२५)    एल्मुनियम, युपीभीसी, फेब्रिकेसन तालिम
२६)    टुटिस्ट गाइड तालिम
२७)    सेक्युरिटी गार्ड तालिम
२८)    स्पा तथा थेरापी तालिम
२९)    लघु उद्यम विकास सहजकर्ता तालिम
३०)    जुत्ता बनाउने तालिम
३१)    सहकारी व्यवस्थापक तालिम
३२)    गरगहना बनाउने तालिम
३३)    विभिन्न खेलकुदका लागि
३४)    साइबर सेक्युरिटी
३५)    अन्य तालिमका लागि

 

तपाइँको प्रतिक्रिया ।