जय नेपाल फाउन्डेशनले ‘स्मार्ट सिटी’ सम्बन्धी वेबिनार आयोजना गर्दै
कपन अनलाइन
काठमाण्डौ ,फागुन १६।
जय नेपाल इन्टरनेशनल फाउन्डेशनले ‘स्मार्ट सिटी: विश्वव्यापी परिप्रेक्ष्यबाट स्थानीय अभ्याससम्म’ विषयमा वेबिनार आयोजना गर्न लागेको छ। कार्यक्रम यही मार्च २ तारिख र अप्रिल ६ तारिख गरेर दुई चरणमा गर्न लागिएको छ। विषयवस्तुको गहनतालाई ध्यानमा राख्दै कार्यक्रम दुई चरणमा गर्न लागिएको आयोजकले बताए।
कार्यक्रममा पालुङ्गटार नगरपालिकाका पूर्व प्रमुख इन्जिनियर दीपक बाबु कँडेल, दीपेश बिष्ट-सीईओ/सदस्य सचिव- ई-गभर्नेन्स आयोग, इन्जिनियर सतीश त्रिपाठी, भीम ढुंगाना-अध्यक्ष, नेपाल नगरपालिका संघ, तथा नीलकण्ठ नगरपालिका धादिङका प्रमुख, बुटवल नगरपालिकाका प्रमुख खिलराज पाण्डे, गोरखा नगरपालिकाकी उप-प्रमुख सपना पुन, डा. देशराज संयोक तथा केशव भट्टराई प्यानल छलफलमा सहभागी हुनेछन्। डा. नीरज श्रेष्ठले कार्यक्रमको संचालन गर्ने छन् भने जय नेपाल फाउन्डेशन नेपालका अध्यक्ष बद्रि अर्यालले नेपालका स्थानीय निकायसंग समन्वय गर्ने छन्।
विश्वव्यापी रूपमा स्मार्ट सिटीको अवधारणा आइरहेको अवस्थामा नेपालमा समेत भावी दिनमा स्मार्ट सिटीहरुको विकास गर्न सघाउने उद्देश्यले दुइ चरणमा उक्त कार्यक्रम गर्न लागिएको जय नेपाल इन्टरनेशनल फाउन्डेशनका अध्यक्ष डा. यादव पण्डितले बताए।
कार्यक्रमको विवरण:
मिति:- मार्च २, २०२४ (शनिवार)
समय :- बिहान ९.१५ बजे न्युयोर्क समय
बिहान ८.१५ बजे टेक्सस समय
बिहान ६.१५ बजे क्यालिफोर्निया समय
नेपाली समय:
मार्च २, २०२४ शनिवार साँझ ८.०० बजे
अप्रिल ६, २०२४ मा हुने दोस्रो चरणको कार्यक्रम सोही समय तालिकामा हुनेछ।
कार्यक्रममा सहभागी हुनको लागि जुम लिङ्क :
Meeting ID: 995 1916 3277
Passcode: 2024