सुनिश्चित भविष्य: शम्भु ढकाल (लघुकथा)

सुनिश्चित भविष्य: शम्भु ढकाल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ,फागुन १२।
‘सर ! म यसरी शिक्षकमा स्थाई नियुक्ति नभएको भए कुनै  टिमबाट क्रिकेट वा कवर्दी खेलि रहेको हुन्थे ।’ उन्ले आफ्नो एल्बमको फोटो देखाउँदै भने ।
मैले भनेँ, ‘तर तपाईं  हाम्रो स्कूलको गहना शिक्षक हो नि सर ! तपाईंको  दक्षता विद्यालयले भरपुर उपयोग गरि रहेछ ।’
‘खोई सर ! घर कहाँ ?आफू कहाँ ? बा आमा पाको छोडेर आएको छु । ओठले हाँसे पनि भित्र त जलिदो रहेछ नि’ उनले अलिकति दुखेसो पोखे ‘सरुवा भइहाल्छ नि सर’ मैले भने ‘तपाईं  जस्तो मेहनती शिक्षक जुन विद्यालयमा पुगेर पनि रमाउन सकि हाल्नु हुन्छ नि ।’
‘प्रयासमा त छु सर तर सुदुर पश्चिम भन्दा अरु तिर गइन्न । बरु यही ठीक छ ।तपाईंहरु, यो सिङ्गै पालिकाले त मलाई चिनि सकेको छ । भर अभर साथ सहयोग तपाईहरुबाट पाएको छु’ उनले भने ।
‘साँच्ची सर ! तपाईं त्यत्रो खेलको शिखरमा पुगेको मान्छे, खेललाई चटक्कै छाडेर अर्काे पेशा अङगाल्न पुग्नुको रहस्य चै के हो नि ?’ मैले सोधें ।
पल्टाएको एल्बम बन्द गर्दै उनले भने ‘स्थायी जागीरले भविष्य सुनिश्चित छ नि, सर । खेलाडीको भविष्य नेपालमा कहाँ सुरक्षित छ र ? फ्यास्सै कसैले मुद्दा लगाइ दिए भने जीवनभरको कमाइ सकिन्छ ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।