साइप्रस पब्लिक स्कुलको अभिभावक दिवस सम्पन्न

साइप्रस पब्लिक स्कुलको अभिभावक दिवस सम्पन्न

कपन अनलाइन
काठमाडौं,माघ २८/संस्कार गौतम
माघ २७ गते बुढानिलकण्ठ वाड नं ९ स्थित साइप्रस पब्लिक स्कुलले  स्थापनाको २० औ बर्षमा आफ्ना सम्पुर्ण अभिभावकहरुलाई सम्मान गर्दै अभिभावक दिवस मनाएको छ ।

काठमाण्डौ -४ सुकेधाराको नवदुर्गा पार्टि प्यालेसमा सञ्चालन भएको भव्य कार्यक्रमको सभापतित्व स्कुलन सञ्चालक समितीका अध्यक्ष कृष्ण राई र प्रमुख अतिथि वाड नं ९ का वडा अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे  रहेका थिए ।सो कार्यक्रम त्यस विद्यालयका  विद्यार्थिले आफ्नो नाच, गायन, नाटक प्रतिभा देखाएका थिए ।
कार्यक्रममा विद्यालयका सबै अभिभावकलाई सम्मान गरिएको थियो ।  यसैगरी सो अवसरमा  प्याबसनका ५०० विद्यार्थि बीच भएको प्रि एसइइ प्रतिस्पर्धात्मक परीक्षामा यहि विद्यालयका श्रवण खनाल प्रथम भएको टप चौथो र नवौ  पनि यहि विद्यालयक विद्यार्थी  भएको जानकारी दिइएको थियो ।
विद्यालयका प्रिंसिपल शशी केसिले आगामी दिनमा यो विद्यालयलाई यो क्षेत्रकै नमुना विद्यालय बनाउने घोषणा गरेका थिए भने  प्रमुख अतिथि पाण्डेले वडामा  कुनैपनि सरकारी विद्यालय नभएकोले यहाँका नीजि विद्यालयलाई नै साधन श्रोत सम्पन्न बनाएर शिक्षालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएकी थिइन्  ।
विद्यालयका भाइस प्रिन्सिपल हेरम्ब राईले गरेको स्वागत भाषणमा सम्पुर्ण अभिभवकलाई सम्मान गर्न पाउदा खुशि लागेको बताएका थिए  ।

कार्यक्रममा  अभिभावकलाई सम्मान क्रमशः सभापति, प्रमुख अतिथि, प्रिन्सीपल, भाइस प्रिन्सीपल, कृष्णहरी गुरागाई, रामप्रसाद गौतम, टिकाराम राई, महेश चन्द, डिजेन्द्र थापाले वितरण गरेका थिए।कार्यक्रममा गायक सनिश श्रेष्ठले गित गाएर सबैलाई मनोरञ्जन प्रदान गरेका थिए।

(गौतम साइप्रस पब्लिक स्कुलमा अध्ययनरत कपन अनलाइनका विद्यार्थी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।