चुनिखेलमा चुनदेवी मन्दीर निर्माण अन्तिम चरणमा….

चुनिखेलमा चुनदेवी मन्दीर निर्माण अन्तिम चरणमा….

कपन अनलाइन
काठमाडौं,माघ २७/निरोध श्रेष्ठ

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा चुनिखेलमा रहेको चुनदेवी मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। चुनिखेलवासी र अन्य महानुभावहरुको सहयोगमा निर्माण भैरहेको सो मन्दिर चुनिखेलको नामकरण संग पनि जोडिएको छ।

चुनिखेलका स्थानीयहरुले सो मन्दिर निर्माणमा ५ लाख सम्मको आर्थिक सहयोग गरेको जानकारी दिदै वडा नं १३ का अध्यक्ष टिका नारायण श्रेष्ठ ( टिकेस ) ले चाडै यसको उद्घाटन हुने बताएका छन।

प्राचिन र मौलिक शैलीमा निर्माण भएको सो मन्दिरका लागि हालसम्म  १ करोड भन्दा बढी रकम संकलन भएको छ भने विशेष समारोह आयोजना गरेर प्राण प्रतिष्ठा गरिने तयारी गरिएको छ।

(श्रेष्ठ पिक पोइन्ट एकेडेमीमा अध्ययनरत कपन अनलाइनका विद्यार्थी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।