घाम बाबा : कमला श्रेष्ठ (कविता )
कपन अनलाइन
काठमाडौं,माघ २६।
घाम बाबा घाम बाबा छिटै उदाईदेउ ।
पुतलिको नानाभिज्यो छिटै सुकाई देउ ।
तिम्रो तेस्तो तेजलाई बादलले छेकने ।
कतिकोशिश गरेपनि तिमीलाई नदेखनि ।
कठाङग्रीयौ हामीहरु जाड़ों धेरै भयो ।
किनतिमलाई आजआई बादलले छेकिये ।
घाम बाबा घाम बाबा छिटै उदाउ ।
मुरझाएका पालुवालाई तिमी जियाउ ।
बिहानमा उदाउनि साँझ असताउनि ।
आफनो काममा अटल छौ कहिले नथाकने ।
बादललाई छिचलेर निस्क तिमी बाहिर ।
हामी खुशी भई खेल्छौ तिम्रो राप पाएर ।
हामी सबलाई मन पर्छ तिम्रो ताँतों माया ।
धरतिका जिब जन्तुमा गर तिमी दया ।
घाम बाबा घाम बाबा छिटै उदाउ ।
पुतलिको नानालगाई हामलाई खेल्न देउ ।
रमाउदै खेल्छौं हामी साथीभाइ मिली ।
हामीसँग खेल्न आउछिन आकाशकी परी ।
धेरै टांडा बसेपनि हामलाई माया गरछौ ।
उज्यालों र ताप तिमले चारैतिर छर्छौ ।
सानु सानु पुतलिको सानु सानु घर
पुतलिलाई खेलाउन सांगठनिक रहर ।
टालाटुलि बटुलेर पुतलि बनाउने ।
पुतलिको जन्मदिन हामीले मनाउने
पढ़्न पनि पढ्छौ हामी खेल्न पनि खेल्छौ
सानु सानु पुतलिलाई हामी माया पनि गर्छौं !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक