नेशनल प्याब्सन काठमाडौंको खेलकुद सप्ताह सुरु
कपन अनलाइन
काठमाण्डौ ,माघ १८।
नेसनल प्याब्सन काठमाडौंद्वारा आयोजित एनप्याब्सन खेलकुद सप्ताहको बिहीबार उद्घाटन गरिएको छ । बागमती प्रदेशकी वन तथा वातावरण मन्त्री मसिना खड्काले खेलकुद सप्ताहको टुंडिखेलमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरिन् ।
उद्घाटन समारोहमा भएको मार्च पास्टमा बेस्ट ग्रुप भिजन ९६.७५ अंकसाथ पहिलो भयो । ९५.५ अंकसाथ महाकवी देवकोटा मेमोरियल स्कुल दोश्रो तथा ९२.५ अंकसाथ काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेट तेश्रो भए । शीर्ष तीन स्थान हात पार्ने टिमलाई मन्त्री खड्काले पुरस्कृत गरिन् । उद्घाटनका अवसरमा खेल संयोजकलाई खेल सामाग्री पनि वितरण गरिएको थियो ।
खेलकुद सप्ताहमा ब्वाइज फुटसल, ब्वाइज बास्केटबल, टेबलटेनिस, एथलेटिक्स र टग अफ वार गरी ५ खेलमा प्रतिस्पर्धा हुनेछ । बिहीबारदेखि टेबलटेनिसको प्रतिस्पर्धा धुम्बाराहीस्थित युनिभर्सल स्कुलमा सुरु हुने आयोजकका अध्यक्ष अमृत खड्काले जनाएका छन् । ब्वाइज÷गल्र्स सिंगल्समा मात्र खेल हुनेछ । ब्वाइजमा विभिन्न १९ विद्यालयका ३८ तथा गल्र्समा १२ विद्यालयका १७ प्रतिस्पर्धी सहभागी हुने टेबलटेनिस संयोजक विजय खरेलले जनाएका छन् ।
कपनस्थित दीक्षालय नेपालमा हुने फुटसलमा ४० तथा शंखमूलस्थित नेरिक एकेडेमीमा हुने बास्केटबलमा २० टिमको सहभागिता रहने छ । एथलेटिक्स र टग अफ वार सिनामंगलस्थित एजीएम स्कुलमा खेलाइने छ ।
एसइइ परीक्षाका कारण कक्षा ९ सम्मका विद्यार्थीलाई मात्र प्रतियोगितामा सहभागी गराइएको आयोजकका उपाध्यक्ष एवं अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेमकुमार भुजेलले जानकारी गराएका छन ।