बुढानीलकण्ठमा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई “रोबोटिक्स” को प्रशिक्षण
कपन अनलाइन
काठमाडौं,माघ १५।
बुढानीलकण्ठ नगरपालिका नगर युवा परिषद्को आयोजना र रोबोटिक्स एसोसिएसन नेपालको सह-आयोजनामा रोबोटिक्स वर्कसप(BootCamp) सुरु भएको छ ।
सामुदायिक विद्यालयहरुलाई लक्षित गरी माघ १४ गते दखी १७ गते सम्म दुई दिवसीय “रोबोटिक्स वर्कशप” संचालन गर्ने नगर युवा परिषदको निर्णय अनुसार पहिलो चरणको कार्यशाला सुरु भएको कार्यक्रम संयोजक एवं नगर युवा परिषद कार्यकारी सदस्य नेहा गुरुङले जानकारी दिएकी छन ।
पहिलो चरणको कार्यशाला अन्तरगत वडा नं. १० देखी वडा नं. १३ सम्मका ७ वटा विद्यालयका विद्यार्थीहरुलाई आजबाट प्रशिक्षण सुरु भएको हो । कार्यशालामा कक्षा ७ देखि १२ सम्मका ८६ जना विद्यार्थी सहभागी छन्
कार्यशालामा रोबोटिक्स एसोसिएसन अफ नेपालका प्रशिक्षक किरण क्षेत्री, राजन गह मगर, सचिन मगर, श्रेयक सिलवाल र कुनाल साहले प्रशिक्षण दिईरहेका छन् ।
दुई भागमा विभाजन गरिएको प्रशिक्षण कार्यक्रम अन्तरगत अर्को सत्र माघ १६ र १७ गते वडा नं. १ देखि वडा नं. ९ सम्मका ९ वटा विद्यालयका विद्यार्थीहरुलाई नगरपालिकाको सभाहलमा कार्यशाला संचालन गरिनेछ ।