त्रि–ज्योति माविका लोयाङ शेर्पा वर्ल्ड राइजिङ स्टार–२०२४ को विश्व बिजेता बने

कपन अनलाइन

काठमाण्डौ ,माघ ९।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको  त्रि–ज्योति माविमा कक्षा ७ मा अध्ययनरत छात्र लोयाङ शेर्पा वर्ल्ड राइजिङ स्टार–२०२४ मा विश्व विजेता भएका छन् ।

शेर्पाले  युरोपको जर्जियामा जनवरी २२ मा भएको उक्त प्रतियोगितामा विश्वभरबाट सहभागी भएका बालबालिकाहरुलाई पछि पार्दै ट्यालेन्ट राउण्डको विजेता र सम्पूर्ण राउण्डबाट प्रमुख विजेता भई विद्यालय र देशको गरिमा बढाउन योगदान पुर्याएका छन  ।
विगत लामो समयदेखि स्नेह, ज्ञान र नेतृत्वको माध्यमबाट जीवनोपयोगीशिक्षाप्रदानगर्दै आइरहेको त्रि–ज्योतिमा.वि.ले बालबालिकाको प्रतिभालाई उजागर गर्दै जाने अभियानमा संलग्न रहेको कारण विश्वविजेताको उपाधि त्रि–ज्योतिमा.वि.ले चुम्न सफल भएको प्रधानाध्यापक गणेश कुमार मिश्रले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।