खानी विभागले भूकम्प प्रभावित क्षेत्रको अध्ययन गर्ने
काठमाडौँ, १८ साउन । खानी तथा भूगर्भ विभागले यो आवमा भूकम्प प्रभावित क्षेत्रमा भूगर्भसम्बन्धी अध्ययन गर्ने भएकोे छ । भूकम्पले क्षति पु¥याएको स्थानमा बस्न योग्य छ कि छैन भनी अध्ययन गर्ने विभागका प्रवक्ता कृष्णदेव झाले राससलाई जानकारी दिनुभयो ।
उहाँले भूकम्पले क्षति पुगेका स्थानमा पहिरो जान्छ कि जाँदैन भनेर अध्ययन गरिने साथै त्यसका लागि विभागबाट भूगर्भविद्को टोली खटाउने समेत बताउनुभयो । झाले भूकम्पीय अध्ययनका लागि विभागमा आवश्यक उपकरण खरिद गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । यसअघि विभागले भूकम्प प्रभावित सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, ललितपुरलगायतका जिल्लाको खानीको अध्ययन गरिककेकाले बाँकी भूकम्प प्रभावित जिल्लाको खानीको बारेमा छिट्टै अध्ययन गरिने बताउनुभयो । यस्तै भूकम्पको मापनका लागि छुट्टै केन्द्र स्थापना गर्नेसम्बन्धी छलफल भएको बताउनुभयो । रासस