बुढानीलकण्ठमा ‘तेस्रो वृत्ति परामर्श तथा रोजगार मेला २०८०’ हुदै
कपन अनलाइन
काठमाण्डौ,माघ ४।
बुढानीलकण्ठ नगरपालिकाले यही मिति २०८० माघ ११ र १२ गते बुढानीलकण्ठ नगरपालिकाको परिसरमा विद्यार्थी, बेरोजगार युवा, रोजगारदाता र मानव संसाधन निर्माणकर्ता (प्राविधिक शिक्षालय वा कलेज) हरुलाई एकै स्थानमा जुटाएर श्रमबजारको आवश्यकता र मानव संसाधन विकासबीच देखिएको मिसम्याच कम गर्दै माग अनुसारको मानव संसाधन विकास कार्यलाई व्यवस्थित गर्ने हेतुले बृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्दै छ ।
इच्छुक रोजगारदाता तथा प्राविधिक शिक्षालय तथा कलेजहरुलाई स्टल दर्ता नम्बरका लागि नगरपालिकामा सम्पर्क राख्न नगरपालिकाले अनुरोध गरेको छ ।
१. विद्यार्थीहरुका लागि बृत्ति परामर्श सेवा
२. रोजगार विनियम सेवा
३. गरिखानेका कथा
४. उद्यमशीलताको प्रदर्शन
५. १० महिने कुक तालिम कम्प्युटर हार्ड वेयर र इलेक्ट्रिसयन तालिमको माग संकलन र भर्ना
६. स्थानीय रोजगारदातालाई विशेष सम्मान आदि ।