बुढानिलकण्ठ नगरपालिकाले नगरवासीसंग सार्वजनिक सुनुवाई र सुझाव संकलन गर्ने
कपन अनलाइन
काठमाण्डौ,माघ १।
बुढानिलकण्ठ नगरपालिकाले नगरवासीसंग सार्वजनिक सुनुवाई र सुझाव संकलन गर्ने भएको छ।
आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमका अनुसार नगरपालिकाले विकास निर्माण र सेवा प्रवाहका वारेमा नगरवासी संग सुझाव संकलन गर्न लागेको हो।
माघ ५ गते बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को कार्यालयमा बिहान ८ बजे देखि ११ बजे सम्म सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रम आयोजना गरिएको नगर प्रवक्ता नवराज भट्टराईले जानकारी दिएका छन ।
तपाइँको प्रतिक्रिया ।