सांसद गगन थापा कपन डुवान समस्या समाधान होस् भन्ने चाहदैनन : मिठाराम अधिकारी
कपन अनलाइन
काठमाण्डौ ,पुस २८।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले काठमाण्डौ क्षेत्र नं ४ का सांसद गगन कुमार थापाले कपन डुवान समस्या समाधान गर्न नचाहेको बताएका छन।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को वडा अधिवेसनको उदघाटन शत्रमा बोल्दै प्रमुख अधिकारीले सांसद थापालाई आफुले डुवान समस्या समाधानका वारेमा छलफल गर्न पटक पटक बोलाउदा पनि नआएको गुनासो गरेका छन।
कपनमा बक्स कल्भर्ट निर्माण शुरु भएको लामो समय हदा पनि सांसद थापाले कुनै ठोस पहल नलिएको बताउदै अधिकारीले महानगरले विना तयारी र सल्लाह खोला खोल्दा समेत सांसद थापा मौन बस्नु आश्चर्यजनक भएको धारणा राखेका थिए।
चुनावको समयमा थापाले कपन डुवानको समस्या समाधानका लागि भन्दै विभिन्न प्रचारवाजी गरेपनि अहिले उनले कुनै पनि चासो नदिएकोमा दुख व्यक्त गर्दै प्रमुख अधिकारीले ढल झिकेर ढल नै हाल्ने काठमाण्डौ महानगरपालिकाको कदमको पनि जमेर आलोचना गरेका थिए।