कपन जोरधारा खानेपानी संरक्षण संस्थाको साधारण सभा पुस २१ गते (भोलि) हुने
कपन अनलाइन
काठमाडौं , पुस २०।
कपन जोरधारा खानेपानी संरक्षण संस्थाको साधारण सभा पुस २१ गते (भोलि) हुने भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को इभर साइन पार्टी प्यालेसमा हुने १५ औ साधारण सभा तथा ७ औ अधिवेसनले संस्थाको नयाँ नेतृत्व चयन गर्ने संस्थाका सचिव प्रकाश कटवालले जानकारी दिएका छन।
बिहान ८ बजे देखि शुरु हुने सो साधारण सभामा सहभागिताका लागि सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुमा आयोजक संस्थाले अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।