बुढानिलकण्ठका विकास निर्माणका योजनाहरुको अवलोकनमा प्रदेश सभा सदस्य जयराम थापा
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर ३०।
काठमाण्डौ क्षेत्र नं ४ (२ ) बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य जयराम थापाले बुढानिलकण्ठ नगरपालिकाका दुई वडाका विभिन्न योजनाहरुको अवलोकन गरेका छन।
थापा सहितको टोलीले बुढानीलकण्ठ नगरपालिका वडा नं ११ को सन्तोषी माता मन्दिर र बसपार्क तथा वडा नं १३ को कौडोल नॅयाबस्ती सडक र सापाटार टैखेल चोकमा रहेको सडक निर्माण योजनाको अवलोकन गरेका थिए।
बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ ( २ ) वडा नं ११ र १३ का विभिन्न योजनाहरुको निर्माण प्रगति अव्सथाका वारेमा जानकारी लिएका थिए।
वडा नं ११ का अध्यक्ष राजु अधिकारी , वडा नं १३ का अध्यक्ष टिका नारायण श्रेष्ठ ( टिकेश ),नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका सचिव तथा वडा नं १३ का पुर्व अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, नगर कार्यपालिका सदस्य रिना श्रेष्ठ सहित योजना स्थलमा पुगेका प्रदेश सभा सदस्य थापाले योजना अवलोकनलाई निरन्तरता दिने बताएका छन।
निर्वाचन क्षेत्रमा रहेका योजनाहरुलाई समयमा नै सम्पन्न गर्नका लागि पहल गर्ने बताउदै उनले अन्य रचनात्मक गतिविधिहरु पनि संचालनको तयारी गरेको जानकारी दिएका छन ।