बुढानिलकण्ठका १३ वडामा कुन कुन संस्था बने सबैभन्दा बढी कर तिर्ने करदाता ?

बुढानिलकण्ठका १३ वडामा कुन कुन संस्था बने सबैभन्दा बढी कर तिर्ने करदाता ?

कपन अनलाइन

काठमाण्डौ,मंगसिर ३०।

बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।बुढानीलकण्ठ नगर स्थापना दिवसको अवसर पारेर मंसिर १६ गते आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा नगरपालिकाको बढी कर तिर्ने करदाताहरुलाई सम्मान गरिएको थियो।

नगरपालिका भरिकै उत्कृष्ठ करतिर्ने संस्था तर्फ वडा नं ०९ मा अवस्थित हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी (ह्यम्स) लाई सम्मान गरिएको थियो  भने महिला तर्फ वडा नं ११ की डोल्मा याकी तथा पुरुष तर्फ वडा नं ९ का विजय सम्वाहाम्फे सम्मानित भएका थिए।

नगरपालिकाका १३ वडामा कुन कुन संस्था भए उत्कृस्ट करदाता ? 

१.वडा नं १ : बुढानिलकण्ठ हेरिटेज लिमिटेड

२.वडा नं २ : नेक्स्ट प्रोप्रटिज प्रालि

३.वडा नं ३.बोधीसत्व बिहार

४.वडा नं ४ :  बालबालिका स्याहार क्लव

५.वडा नं ५. नेपाल कार्पेट इन्टरप्राइजेज प्रालि

६.वडा नं ६ : होटल सब्रिना प्रालि

७.वडा नं ७  : द स्किन हेल्थ एण्ड रेफरल सेन्टर प्रालि

८.वडा नं  ८ : सिजी डेभलपर्स प्रालि

९.वडा नं ९ : हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी प्रालि

१०. वडा नं १० :यु के लामा एण्ड संस प्रालि

११.वडा नं ११ : दिक्षालय नेपाल फाउन्डेसन प्रालि

१२.वडा नं १२: सेन्ट लरेसं कलेज प्रालि (त्रि ज्योति )

१३.वडा नं १३ : दिव्यदर्शन हाउजिङ्ग प्रालि

फोटो सौजन्य : बुढानिलकण्ठ न्युज

 

तपाइँको प्रतिक्रिया ।