नेकपा एमालेको अधिवेसन नजिकिदै गर्दा कपनका तिन सचिव एक ठाउँमा,संदेश के ?

नेकपा एमालेको अधिवेसन नजिकिदै गर्दा कपनका तिन सचिव एक ठाउँमा,संदेश के ?
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १६।
नेकपा एमाले केन्द्रीय कमिटीले २०८१ जेष्ठ भित्र वडा ,पालिका र जिल्ला तहको अधिवेसन गर्न दिएको निर्देशन अनुसार बुढानिलकण्ठ नगरपालिका वडा नं १० ,११ र १२ कपनका वडा कमिटीहरु अहिले वडा अधिवेसनको तयारीमा रहेका छन।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले कपनका तिन वडाहरुको अधिवेसन उद्घाटन शत्र एक स्थानमा गर्न निर्देशन दिए संगै अधिवेसनको व्यापक तयारीमा रहेका वडा कमिटीहरुमा नेतृत्व चयनको विषयले पनि प्रवेस पाएको छ।
अधिवेसनको राप बढ्दै गएको समयमा स्थानीय तहको निर्वाचनमा निर्णायक मत रहेका कपनका वडाहरुमा अहिले नेतृत्व निरन्तरता की नयाँ चयन भन्ने विषय पनि बहसमा रहेको छ।
२०७४ र २०७९ शालको स्थानीय तहको निर्वाचनमा वडामा पार्टीलाई प्यानल सहित  शानदार विजयी बनाएका वडा नं १० का अध्यक्ष जगत प्रसाद निरौला अहिले अमेरिकामा रहेका छन भने कठिन परिस्थितिमा वडा अध्यक्ष जिताएका  वडा नं ११ का अध्यक्ष कृष्ण भट्टराई र प्यानल सहित शानदार जितको नेतृत्व गरेका शंकर भट्टराई वडा नं १२ को अध्यक्ष रहेका छन।
यसै विच बुढानिलकण्ठ नगरपालिकाको स्थापना दिवसमा भएको कार्यक्रममा वडा नं १० का सचिव शम्भुशरण पौडेल ,वडा नं ११ का सचिव अंगुर पौडेल र वडा नं १२ का सचिव विष्णु प्रसाद भट्टराईले सामाजिक संजालमा सार्वजनिक गरेको एक तस्विर पनि अहिले चर्चामा रहेको छ। आगामी नेतृत्व चयनको बहस तातेको समयमा तिन सचिवको संकेत पूर्ण तस्विरको चर्चा एमाले वृतमा निकै अर्थपूर्ण रुपमा देखिएको छ।
कपनका तिन सचिवले आसन्न अधिवेसनमा नेतृत्व दावी गर्लान वा माथिको फर्मान अनुसरण गर्लान त्यो भने आगामी दिनले देखाउने एक बुद्धिजीवीले बताएका छन।
त्यस्तै प्रतिस्पर्धा जस्तो उत्तम र सर्व स्वीकार्य विधिलाई अस्विकार गर्दै बनाएका (नि!) वाचित कमिटीहरुले प्रभावकारी रुपमा काम नगर्दा समय अगावै अधिवेसनको चटारोमा रहेका वडा कमिटीहरुले चयन गर्ने कमिटीहरुको निकै महत्व रहने भन्दै उनले यसमा माथिल्लो नेतृत्वले ध्यान पुर्याउनु पर्ने धारणा राखेका छन् ।
तपाइँको प्रतिक्रिया ।