“शिक्षामा बुद्धिचाल” कार्यक्रम घोषणा
कपन अनलाइन
काठमाडौं, मङ्सिर ५ ।
नेपाल बुद्धिचाल महासङ्घले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सँगको सहकार्यमा शिक्षामा बुद्धिचाल (चेस इन एजुकेसन) कार्यक्रम घोषणा गरेको छ ।
महासङ्घले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी पाँच वर्षको लागि ऊक्त कार्यत्रमको घोषणा गरेको हो । महासङ्घका अनुसार शिक्षामा बुद्धिचाल अन्तर्गत बागमती प्रदेशमा रहेका प्याब्सनमा आवद्ध विद्यालयमा सुरुमा बुद्धिचाल खेलको प्रशिक्षक दिने र त्यसपछि प्रत्येक स्कुलमा बुद्धिचाल प्रतियोगिता आयोजना गरी दुई दुई जना खेलाडी (पुरुष/महिला) छनोट गर्नेछ ।
त्यसपछि छनोट भएका खेलाडीबीच प्रदेश स्तरीय प्रतियोगिता गराएर कम्तीमा १० जना खेलाडीलाई कक्षा ५ देखि १२ कक्षासम्म पठन पाठनको लागि निशुल्क छात्रबृत्ति प्रदान गरिने छ । ऊक्त कार्यत्रम पाँच बर्ष चल्ने र भविष्यमा अन्य प्रदेशमा पनि विस्तार गरिँदै लगिने बताईएको छ । महासङ्घले ऊक्त कार्यत्रमका लागि ब्याब्सन बागमती प्रदेशसँग पाँच बर्षे सम्झौता समेत गरेको छ ।
सोमबारनै उक्त सम्झौता पत्र महासङ्घका कार्यबाहक अध्यक्ष हेराकाजी महर्जन र ब्याब्सन बागमती प्रदेशका अध्यक्ष केशबलाल श्रेष्ठले आदान प्रदान गरे । महासङ्घका अध्यक्ष महर्जनले ब्याब्सनसँगको सहकार्यले बुद्धिचाल खेलको विकासमा नयाँ आयाम भएको बताए ।
महासंघले प्रतियोगिता सञ्चालन गर्नुअघि हरेक विद्यालयमा शिक्षकलाई बुद्धिचाल खेलको प्राविधिक प्रशिक्षण दिने समेत जनाएको छ । शिक्षामा बुद्धिचाल कार्यक्रमको सम्पूर्ण खर्च ब्याब्सन बागमती प्रदेश गर्ने अध्यक्ष केशबलाल श्रेष्ठले बताए । बागमती प्रदेशमा प्याब्सनसँग करिब चार हजार विद्यालय आवद्ध रहेको बताईएको छ ।
तपाइँको प्रतिक्रिया ।